(Saturday 25th of July 2026)
`

बि.पी. को जेल डायरी

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    विनोद थारु – नेपालगन्ज : बीपी के थिए, राजावादी कि माक्र्सवादी ? बीपी न राजावादी थिए न माक्र्सवादी । राजनीतिमा उनी प्रजातान्त्रिक समाजवादी थिए । साहित्यमा उनकै भाषामा अराजकतावादी । बीपीलाई राजावादी मान्ने हो भने, कुन अर्थमा राजावादी थिए भने, उनी त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र जस्ता सक्रिय राजतन्त्र होइन, कहिल्यै गल्ती नगर्ने बेलायतको जस्तो संवैधानिक राजतन्त्र चाहन्थे । उनी स्पष्ट थिए– जनताका सुखदुःख मुलुकको कार्यकारी÷निर्वाचित प्रधानमन्त्रीले हेर्छ, दोष पाए उसैले पाउँछ, राजा त खोपीका देउता भएर बस्ने हो । उनको यस्तो विचारलाई राजा महेन्द्र र वीरेन्द्रले कुठाराघात गरे ।
    त्यसैले गणतन्त्रको आधार महेन्द्रले २०१७ साल पुस १ गते नै बनाइसकेका थिए, २०६५ जेठ १५ गते त नेपाली नागरिकले त्यसलाई हिम्मतसाथ कार्यान्वयन गरेका हुन् । जेल डायरीमा बीपीले सक्रिय लेनिनको भनाइ उद्धृत गर्दै राजतन्त्रलाई तानाशाहीको संज्ञा दिएका छन्, ‘तानाशाही सत्ता त्यो हो जसले बलपूर्वक असीमित शक्ति सञ्चयन गरेको हुन्छ र जसलाई कुनै चिजले वा कुनै कानूनले नियन्त्रित गर्दैन । यसको उदाहरण २०८१ चैत्र १५ गते पुर्ब राजाको पुरानै रबैया ।
    बीपी कोइरालालाई प्रधानमन्त्री पदको शपथ खुवाउँदै राजा महेन्द्र ।
    डायरीमा बीपीले महेन्द्रलाई मात्र होइन पृथ्वीनारायण शाहलाई समेत कडा टिप्पणी गरेका थिए । ‘महेन्द्र फेरि एक पटक पृथ्वीनारायण शाह बनेका छन– रैथाने शासक नभएर एउटा बाहिरी आक्रमणकर्ता ।’ चिहानबाट मुर्दा लाश उठाउन खोज्ने ।
    बिदा भइसकेको राजतन्त्र फर्काउने स्वर उठिरहेका वेला ‘राजा आऊ, देश बचाऊ’ भन्दै कुदिरहेकाहरूलाई आम नागरिकले सोध्न चहान्छन । – किन फर्काउने राजतन्त्र? कसलाई राजा बनाउन फर्काउने ?
    उनीहरूको आरोप छ– राजा नभएर राष्ट्रियता कमजोर भयो रे ! देश नै नरहने भयो रे! एक जना राजा भए पुग्नेमा धेरै राजा भए रे ! भ्रष्टाचार बढ्यो रे ! राजावादीहरू गणतन्त्र पक्षधरलाई यस्तै आरोप लगाएर पुर्ब राजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउन चाहन्छन् । ज्ञानेन्द्र पनि यिनले राजगद्दीमा विराजमान गराइदिन्छन् भनेर नेपालगंज, भारतको लखनउ हुदैं पोखराबाट काठमाडौ निर्मल निवास भित्र रैतीहरुसंग बसेर योजना बनाए । लोकतन्त्रमा बिश्वास गर्ने नेताहरु पटक पटक सार्बजनिक रूपमा अब्बहान गरिएको छ । ‘राजा हुन चाहेको भए गणतन्त्र छ, मिल्दैन । आफूलाई नियन्त्रणमा राख्नुस् । दल खोलेर चुनाव उठ्ने इच्छा हो भने स्वागत छ ।’ किनकि आम नेपाली नागरिक सरह नै ज्ञानेन्द्रले पनि दल खोल्न वा पुरानै दलहरूबाट चुनाव उठ्न पाउँछन् ।
    कसलाई चाहिएको छ राजतन्त्र ? हिजो त्यही संस्थाको वरिपरि रहेर हुर्केबढेका, बाबुआमासित दरबारमा टीका थाप्नेहरूलाई चाहिएको होला । आजका तन्नेरी पुस्ता राजाको जेठो छोरा राजा हुने (छोरी पनि होइन) परम्परामा टिकेको राजतन्त्र किमार्थ चाहँदैन । किनकि व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्र अपरिहार्य छ भन्नेमा युवा पुस्ता सचेत देखिन्छ । सबैसित औंला ठड्याएर प्रश्न गर्ने तन्नेरी पुस्ता प्रश्न सोध्न त के बोल्न पनि नपाउने राजतन्त्रको पक्षमा छ भनेर कल्पना समेत गर्न सकिंदैन ।
    ‘अहिले धेरै जना राजा भए’ भन्ने टिप्पणी लोकतान्त्रिक शासन व्यवस्था र संरचना नरुचाउनेहरूको फोस्रो आरोप मात्र हो । यहाँ राजाहरू छैनन्, जनताका प्रतिनिधि मात्र छन् । लोकतान्त्रिक प्रणालीमा यसै अनुसार खडा भएका संस्था र संरचनाहरू हुन्छन् । आवधिक चुनावबाट सरकार बन्छ । पाँच वर्षका लागि संसद्बाट चुनिएका राष्ट्रपति छन् । मधेशबाट एक जना यादवको छोरो डा. राम बरण यादव र भोजपुरमा जन्मेकी महिला (विद्या भण्डारी) तनहुँका एक जना वृद्ध लोकतन्त्रमा लामो संघर्ष गरेका राम चन्द्र पौडेल राष्ट्रप्रमुख बन्न सक्नु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकै देन हो । हो, अहिले विकृति र समस्या नदेखिएको होइन । भ्रष्टहरू छन् भने तिनलाई कानूनले पाता कस्ने हो, गणतन्त्र नै उल्टाएर राजतन्त्र ब्युँताउने होइन । राजतन्त्र विना नेपाल रहँदैन भन्नेहरूले बुझून्, के अहिले नेपाल भन्ने देश छैन ? राजा नभए पनि देश हामीसितै छ, रहिरहन्छ । जय नेपाल । लेखक बिनोद थारु नेपाली काँग्रेस बाँकेका सहसचिव हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology