(Friday 11th of September 2026)
`

जानकी गाउँपालिकामा हातेमालो परियोजनाको स्थलगत कार्यक्षेत्रको सयुक्त अनुगमन सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 988
    SHARES

    नेपालगन्ज २६ भदौं । सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जानकी गाउँपालिकामा हातेमालो परियोजना मार्फत गरिएको परियोजनाको स्थलगत कार्य क्षेत्रको शुक्रवार सयुक्त अनुगमन गरिएको छ । परियोजनाले एक बर्षमा गरेका गतिविधिको उपलब्धी चुनौती तथा सिकाईका बारेमा स्थलगत अनुगमन गरिएको हो ।
    सयुक्त स्थलगत अनुगमनमा जानकी गाउँपालिका ६ खल्ले पिप्रहवामा रहेको बाल विकास पठन शिविरको अवलोकन तथा अनुगमन, जानकी ६ मै रहेको हनुमान प्रथामिक विद्यालयमा प्रदान गरिएको सामाग्रीको अनुगमन तथा शिक्षक र विद्याथीहरुसंग अन्तरक्रिया बैठक गरिएको थियो । यस्तै जानकी ६ मा रहेको खलेपिप्रहवा स्थित बालवालिकाको बृद्धि अनुगमन सामाग्रीको अवलोकन तथा स्वास्थ्यकमीहरुसंग अन्तरक्रिया बैठक गरिएको थियो ।


    यस्तै जानकी २ स्थित दर्ता भएका बालवालिकाको घरमा विशेष सहयोग अन्तरगत प्रदान गरिएको सहयोगको अवलोकन, जानकी २ बेलभार वडा कार्यालयमा बाल क्लव सञ्जालका सदस्यहरुसंग अन्तरक्रिया बैठक र जानकी ३ इन्द्रपुर वडा कार्यालयमा धार्मिक अगुवाहरुसंग अन्तरक्रिया बैठक गरि सयुक्त स्थलगत अनुगमन गरिएको थियो । अनुगमनमा शिक्षा, स्वास्थ्य, विपन्न बालवालिकाको अवस्था, धर्म गुरुहस्संग छलफलमा सकरात्मक पक्षहरु आएको जानकारी आयोजकले जनाएको छ । परियोजनाले लगानी मात्र होइन लगानी कस्तो ठाउँमा प्रयोग गरिएको छ र यसको उपलब्धि के भैरहेको छ छैन भन्ने विषयमा निरन्तर स्थलगत अनुगमन हुनुपर्ने वडा नं. २ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology