नेपालगन्ज । प्रहरी दिवसको अवसरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । उहाँलाई गृहमन्त्रीको हातबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रहरी दिवसका अवसरमा प्रदान गरिएको सम्मानले बाँके प्रहरी प्रमुख जिसीसहित मातहतका प्रहरी कर्मचारीमा उत्साह थपेको छ । पुरस्कारबाट सम्मानित हुनुभएका एसपी जिसीलाई बाँके प्रहरीसँग सम्बन्धित व्यक्तिहरू तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले समेत एसपी जिसीलाई सम्मान प्राप्त गर्नुभएकोमा बधाई दिँदै उहाँको आगामी कार्यकालको सफलताको कामना गरेको छ । प्रहरी दिवसका अवसरमा प्रदान गरिने यस्ता सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप प्रेरित गर्नुका साथै शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र नागरिकलाई सुरक्षा प्रदान गर्ने कार्यमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
पूर्ण शान्ति पुरस्कारबाट सम्मानित हुनुभएका बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेपछि एसपी जिसीले इन्तजार मोहम्मद अरबी खाँको हत्यामा संलग्न व्यक्ति, सिर्जना बुढामगरलाई जलाएर मारिएको घटनामा विशेष अपरेशन, अप्सना बस्नेतको अपहरण तथा हत्यामा समेत सुक्ष्म अध्ययन गरि कारवाही प्रक्रिया अगाडी बढाउनु र विशाल चन्द ठकुरीको हत्यामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्दै सफल अनुसन्धानको नेतृत्व गर्नु भएको थियो । यस्तै प्रहरी प्रमुख जिसीले लागुऔषध दुव्यसर्न नियन्त्रण तथा राजश्व चुहावत कम गर्न वा फरार प्रतिवादीलाई समात्न उत्तिकै भुमिका निर्वाह गर्नुभएको थियो ।
