(Friday 23rd of October 2026)
`

सृजनशिल बहुउदेश्यीय युवा सञ्जालमा मनोहरको नेतृत्व

  • सगरमाथा गन्तब्य
  • 2.4K
    SHARES

    नेपालगन्ज : बाँकेको खजुरामा क्रियासिल सृजनशिल बहुउदेश्यीय युवा सञ्जालमा मनोहर केसीको नेत्तृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । सञ्जालको प्रथम बार्षिक साधारण सभाले केसीको अध्यक्षतामा नव कार्यसमिति चयन गरेको हो । खजुरामा आयोजित भेलाले उपाध्यक्षमा नवराज खत्री, सचिवमा यमनाथ दाहाल, सह सचिवमा नारायण खनाल, कोषाध्यक्षमा साकार खड्कालाई निर्विरोध चयन गरेको हो । यस्तै भेलाले सदस्यहरुमा ओपेन्द्र खत्री, भिम खत्री, मदनरत्न केसी, दाताराम पौडेल, दिपक सुनार र महिला सदस्यमा उर्मिला बिसीलाई चयन गरेको हो । भेलामा प्रमुख अतिथिका रुपमा खजुरा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टेक बहादुर रोकाय र अध्यक्ष केसीले संयुक्तरूपमा दीप प्रज्वलन गरेर गरेका थिए । वडाध्यक्ष टेक बहादुर रोकायले निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराएका थिए । सञ्जालले सामाजिक कार्य सगै युवा एकतालाई मध्यनजर गरेर काम गर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology