(Friday 23rd of October 2026)
`

नेपालगन्जमा आज गंगु क्षेत्रीको धमाकेदार प्रस्तुती हुने

  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज : रसुवा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले नेपालगन्जमा विशेष ‘सांस्कृतिक कार्यक्रम –२०८३’ आयोजना हुने भएको छ । संगीत, नृत्य र मनोरञ्जनमार्फत बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
    आयोजक जव ग्यालेरी प्रा.लि. नेपालगन्जका अनुसार कार्यक्रम असोज १७ गते नेपालगन्ज उपमहानगरपालिका–१ स्थित विशाल चोक नजिकै एन्फा फुटबल मैदानमा हुनेछ । कार्यक्रम साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
    कार्यक्रममा नेपाली सांगीतिक तथा मनोरञ्जन क्षेत्रमा सक्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । गायक तथा उदघोषक अनुप मगर, चर्चित गायक विजय चौधरी लगायतका कलाकारले प्रस्तुति दिनेछन् । त्यस्तै चर्चित डान्सर गंगु क्षेत्री, जोया दहित, आकृति, पूर्णिमा लगायतका कलाकारको नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।


    कार्यक्रममा मोडल शोभित चौधरी र उद्घोषक हरि थापालगायतको पनि सहभागिता रहनेछ । आयोजकका अनुसार सांस्कृतिक मनोरञ्जनसँगै विपदमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
    कार्यक्रमका लागि टिकट दर २ सय रुपैयाँ तोकिएको छ । कार्यक्रममा सहभागी भएर मनोरञ्जनसँगै रसुवा बाढीपीडितका लागि सहयोग गर्न आयोजकले नेपालगन्जवासी तथा आसपासका क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सांस्कृतिक कार्यक्रमलाई सहयोगी तथा सामाजिक उत्तरदायित्वसँग जोडेर आयोजना गरिएकाले कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology