(Friday 11th of September 2026)
`

‘सानो सहयोग, ठूलो आशा’ भन्दै थारु कल्याणकारिणी सभा चितवनको राहत अभियान

  • सगरमाथा गन्तब्य
  • 3.3K
    SHARES

    चितवन । रसुवा बाढी पिडित राहत संकलन अभियानमा थारु कल्याणकारिणी सभा भरतपुर महानगरपालिका चितवनले सक्रिय भुमिका खेलेको छ । थारु कल्याणकारिणी सभा भरतपुर महानगरपालिका चितवनका सभापति टिकाराम महतो, उपसभापति जिवनराम महतो, सचिव लक्ष्मण महतो, सदस्य खिलराज महतो, हस्नी महतो, सिताराम महतो लगायत सम्पुर्ण कार्यसमिति सदस्यहरुले बाढि पिडितहरुका लागि राहत संकलन अभियानमा सक्रिय भुमिका देखाएका हुन् । बाढी प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले थारु कल्याणकारिणी सभा चितवनले सञ्चालन गरेको राहत संकलन अभियानबाट २ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सभाले ‘बाढी पीडित राहत संकलन अभियान’ सञ्चालन गर्दै विपद्मा परेका परिवारका लागि सहयोग जुटाएको जानकारी गराएको छ ।


    सभाले ‘तपाईंको सानो सहयोग कसैको ठूलो आशा बन्न सक्छ’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरेको जनाएको छ । बाढीबाट प्रभावित परिवारको पीडामा सहयोग पु¥याउने उद्देश्यले व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग संकलन गरिएको सभाले जनाएको छ ।
    संकलित रकमलाई चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्त्रण गर्नुभएको छ । वास्तविक बाढी पीडितको पहिचान गरी आवश्यकताका आधारमा राहत उपलब्ध गराउने उद्देश्य रहेको सभाले जनाएको छ । विपद्का कारण प्रभावित परिवारलाई दैनिक जीवनयापनमा समेत समस्या परिरहेको अवस्थामा मानवीय सहयोग आवश्यक रहेकाले अभियान सञ्चालन गरिएको हो ।
    राहत संकलन अभियानमा थारु कल्याणकारिणी सभाका पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा सहभागी भएका छन् । सभाका प्रतिनिधिहरूले विपद्का समयमा समुदायको एकता, सहकार्य र सहयोगले पीडित परिवारलाई ठूलो राहत पुग्ने बताएका छन् ।
    सभाले बाढीबाट प्रभावित परिवारका लागि अझै सहयोग आवश्यक रहेको भन्दै सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, व्यवसायी तथा सामाजिक अभियन्ताहरूलाई अभियानमा जोडिन आह्वान गरेको छ । प्राकृतिक विपद्का बेला पीडित परिवारको साथमा उभिनुपर्ने भन्दै थारु कल्याणकारिणी सभाले सञ्चालन गरेको अभियानले मानवीय सहयोग र सामुदायिक सहकार्यको उदाहरण प्रस्तुत गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology