नेपालगन्ज । बालमैत्री तथा पोषण मैत्री स्थानियशासन सुचकहरुको स्थानियकरण कार्यशाला शनिवार जानकी गाउँपालिकाको पौवा होटलमा सम्पन्न भएको छ । जानकी गाउँपालिका बाँकेको आयोजना, सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बालमैत्री तथा पोषण मैत्री स्थानियशासन सुचकहरुको स्थानियकरण कार्यशाला शनिवार सम्पन्न भएको हो । कार्यक्रममा जानकी गाउँपालिकामा बाल मैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनका सुचकहरु बारे तालिमका प्रशिक्षक तथा बाल मैत्री स्थानिय शासन मञ्चका संयोजक अशोक खनालले प्रशिक्षण दिनुभएको थियो ।

जानकी गाउँपालिकामा बाल मैत्री तथा पोषण मैत्रीका स्थानियशासनका ५१ सूचकहरुको विषयमा सरोकारवाला निकायसंग व्यापक छलफल गरिएको थियो । बालमैत्री र पोषण मैत्रीलाई स्थानिय तहमा प्रभावकारी बनाउन अबको बाटो र यसको उपायबारे प्रशिक्षक खनालले सहभागिहरुलाई एकवद्ध भएर लाग्न पर्ने कुरामा जोड दिनुभएको थियो । बालमैत्री र पोषणमैत्रीलाई दिगोपन व्यवस्थापनका लागि रणनितीक योजना बनाउन आवश्यक रहेको प्रशिक्षक खनालले बताउनुभयो । प्रशिक्षक खनालले पालिकामा बालमैत्री र पोषण मैत्रीको हितमा काम गर्न योजना, निती, संरचना र कार्यप्रक्रिया र त्यसका सूचकहरु अनुसार कार्य गर्नु पर्ने स्थानिय तह र सरोकारवाला निकायको अहम भुमिका रहेको हुनाले सबैको अपरिहार्य भुमिका रहेको बताउनुभयो ।
कार्यक्रममा जानकी गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, जानकी गाउँपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, बालक्लबका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले बताउनुभयो ।

