(Friday 11th of September 2026)
`

सफल मार्टको छैठौ शाखा नेपालगन्जमा

  • सगरमाथा गन्तब्य
  • 5K
    SHARES

    नेपालगन्ज माघ १ । होटेल रेष्टुरेन्टहरुलाई आबश्यक पर्ने खाद्यान्न लगायत सम्पुर्ण सामाग्रीहरु एकै ठाउबाट सहज रुपमा उपलब्ध गराउने लक्ष्यका साथ सफल मार्टले नेपालगन्जको सुर्खेत रोडमा छैठौ शाखा सुरु गरेको छ ।
    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रबालले एक समारोहका बिच मार्टको शुभारम्भ गर्दै मार्ट सुरु भए पछि नेपालगन्जमा खाद्यान्न लगायत घरायसी प्रयोजनका गुणस्तरिय सामाग्रीहरु एकै ठाउबाट सहज रुपमा खरिद गर्न सुबिधा उपलब्ध हुने उपलब्ध हुने बताए ।
    नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी , होटेल ब्यबसायी संघका अध्यक्ष भीमलाल कडेल लगायत उद्योगी ब्यबसायीहरुले खुल्ला सीमाना र अबैध रुपमा हुने खाद्य सामाग्रीको तस्करीका कारण ब्यबसाय संचालन गर्न कठिन भएको बताउदै मार्ट संचालनले स्बदेश मै किनमेल गर्ने बानी बढाउने बताए । करिब २ करोड ५० लाखको लगानीमा सुरु भएको मार्टमा खाद्य सामाग्रीका अतिरिक्त होटेल, रेष्टुरेन्टका साथै घरायसी प्रयोजनमा प्रयोग हुने करिब १७ हजार प्रकारका सामाग्रीहरु उपलब्ध हुने सफल मार्ट प्रालिका अध्यक्ष लक्ष्मण भन्डारीले बताए ।
    होटेल रेष्टुरेन्टहरुलाई आबश्यक पर्ने खाद्यान्न लगायतका सामाग्रीहरु एकै ठाउमा उपलब्ध नहुदा ब्यबसायीहरुलाई दर्जनौ पसलहरुमा पुग्नु पर्ने, बार्गेनिङ गर्नु पर्ने, कतिपय पसलबाट खरिद गर्दा भ्याट बिल समेत नपाउने जस्ता समस्या खेप्नु पर्ने अबस्था छ ।
    सफल माटले एकै ठाउबाट करिब १७ हजार प्रकारका सामाग्रीहरु उपलब्ध गराउन सुरु गरे पछि होटेल रेष्टुरेन्ट संचालक देखि गृहणीहरुले सहज रुपमा सुपथ मुल्यमा होम डेलिभरी सहितको सुबिधा पाउने छन । बिगत ३३ बर्ष देखि खाद्यान्नको कारोबार गर्दै आएका गुल्मीका ५० बर्षिया लक्ष्मण भन्डारी सहितको टीमले सफल मार्ट संचालन गर्दै आएको छ ।
    डेढ दशक सम्म खाद्यान्नको होल सेल कारोबार गरे पछि भन्डारीले २०७० साल देखि काठमान्डौको शंखमुलबाट मार्ट सुरु गरेका थिए ।
    सुरुका बर्षहरुमा लुम्बिनी माटबाट काठमान्डौको शंखमुल, पेप्सीकोला, कोटेश्वरमा माट संचालन गर्दै आएका भन्डारीले थप लगानी र साझेदारहरु बढाएर गत बर्ष देखि सफल मार्टको रुपमा मार्ट ब्यबसायलाई तिब्र गतिमा बिस्तार गरेका छन ।
    पछिल्ला ६ महिनाको अबधीमा चितबनको संगम रोड, बुटबलको कालिका नगर र नेपालगन्जको सुर्खेत रोडमा गरी तीन वटा शाखा बिस्तार गरेको सफल मार्टका अध्यक्ष भन्डारीले बताए । छ वटा माटमा हाल सम्म करिब १५ करोड लगानी भएको र करिब ८५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।
    देशका प्रमुख शहरमा सफल माटको बिस्तार गर्ने लक्ष्यका लागि अन्य शहरहरुमा पनि शाखा बिस्तारका लागि अध्ययन गरि रहेको अध्यक्ष भन्डारीले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology