अर्पना पौडेल : पोखरा – जीवन एक सहानुभुतिको विलाश हो, जहाँ जन्मदेखी मरण्सम्म जीन्दगीले पानीमा माछा उतारे झै मानवलाई पनि उतारदै आउने गर्दछ । जन्मेपछि एकदिन मर्नुपर्छ नै, त्यसैको सिलसिलाको बिचमा जीवनको धोका खानुर्पछ र मनको ढोका खोल्न जान्नुपर्छ । हामी जन्मन्छौ, जन्मने बितिकै हाम्रो बोली आउदैन त्यो बोली ल्याउन शरीरको भित्री अङ्गरुबाट कठोर मिहिनेत गर्नुपर्दछ, या कसैबाट सिक्नुपर्छ । यसरी प्रयास गर्दागर्दै एक एक शब्द आफै उच्चारण हुदै जान्छन् र अनेक थरी शब्द प्रवेश गरीन्छ जसलाई हामी प्रकृतिको स्वरूप भन्ने गर्दछौ । हो, त्यसरी हो हाम्रो जीवन शरीरको बनोटको आकार मिलेर हामी बन्छौ र मरण भन्दा अघि गर्नुपर्ने कार्य हामी सु–सम्पन्न गरेका हुन्छौ । हामी ताते ताते गर्दै हुर्किए अनुसार जीवन अभावमा हुर्किन्छ र दबाब या यातनामा पनि हुर्किएको हुन्छ कहिले सुख, त कहिले दुःख आउँछ, ती काडालाई पन्छाएर, तर्काएर ठिक ठाउँमा फालेर सही मार्ग, सही राज्य सम्म हिड्नु नै हाम्रो जीवन हो ।
प्रकृति स्वरुप अनुसार जन्मेर ठूलो भएपछि, आफू वयस्क भएपछी कि तराई कि पराई जानुपर्छ , आफ्नो घर बनाउनुपर्छ, घर बन्दा बन्दै एकले अर्को घर बनाउन शुरु गर्छ्न । येसरी घर बनाउदा कि ऋण लाग्न सक्छ कि दिन लाग्न सक्छ, ऋण लागे कसरी तिर्नि भन्नी तर्फ लाग्नुपर्छ, ऋण हुँदा आत्तिने र सुख हुँदा मात्तिने काम चाहिँ जीवन मा गर्नुहुदैन । ऋण नै नलगाई बनेको जिवन कहिलेकाहि त खल्लो पनि लाग्न सक्छ भने कहिले रमाईलो पनि बन्न सक्छ । त्यसैले जिन्दगीमा ठेस लागोस कि मान्छे जागोस, जतिसुकै समस्या आएपनी त्यस्को निवारण गर्न जानुपर्छ । अप्ठ्यारोमा पर्दा जीवन बाच्नु न मर्नु जस्तो भएपनी खेर फाल्नु हुदैन, किनकी भोलि त्यही सन्सार हेर्न फेरि फेरि कहाँ पाइन्छ र भगवानको दुत बनेर बस्न जान्नुपर्दछ, जहाँ भगवानले ए मेरा चेला उठ जाग भन्दा आफ्नो आशन बाट जुरुक्क उठ्न सिकोस, पाइला चाल्न सिकोस । तसर्थ जिवनमा जति दुःख कष्ट आइपरे पनि समाना गर्दै मरण भन्दा अघि गर्नुपर्ने भोग्नुपर्ने झेल झेलेर नै अघि बढ्नु जीवन हो । जीवन मात्र के भन्नु, यो हामी सबैको दायित्व हो, जहाँ हरेक चुनौतिलाई समाना गरेर हामी जिन्दगी अगाडि बढाउछौ ।
जीवन सजिलो पनि हुन्छ र असजिलो पनि हुन्छ । कहिले घामसँगै पानी पनि पर्छ र कहिले रातसंग पनि पानी परिदिन्छ । यो एक अद्भुत सहानुभूति कहाली लाग्दो जीवन हो । घरमा बुढा बुढीको झगडा परालको आगो हो भने जस्तै जिन्दगी पनि घाम र पानी बिनाको सन्तती धर्म जस्तै कहालीलाग्दो जोवन हो । त्यसलाई सजिलो बनाउन विष्णु भगवानले हातमा अवतार लिए झै हामी पनि आफ्ना हातको रेखा कोर्नेपर्छ जहाँ सम्म रेखाको चरित्र कोर्दा आफू कतै नझुकी कोर्नु परोस । यो नै जिवनको सारान्श हो ।
आखिर जीवन भन्या जिन्दगिको पाना त हो,स्कुलमा मिसले क,ख ग गरि पल्टाउदा सरर पल्टिने तर विस्तार अनि ढिलो । कतै रोकिदै अघि बढ्छ कतै सरर काटिदिन्छ । कहिलेकाहि हात काटे रगत आउँछ, कहिले त्यै घाउमा मलम लगाए निको हुन्छ । हो जिवनमा आएका पीडा बाधा बन्धन अनि चोटको मलम आफै बन्न जान्नुपर्छ । आफ्नो हात पाखुरा चलिन्जेल पानी हवाईजहाज चले झै चलाउन जान्नुपर्छ जहाँ कि अरुको अघि शिर थापेर मागी हिड्नु नपरोस । झरेको पात एकदिन ओइलेर जान्छ भने तिम्रो त्यो कोमल अनि चिटिक्क परेको शरिर पनि बूढो हुँदै जान्छ, हेर मरि लानु के छ र, आखिर माया, ममता स्नेह लिने दिने बाड्ने त जीवन हो । एकले अर्कोलाई सहयोग गर्नु त जीवन हो, एकको सहानभुतीको आधारमा रहनु त जीवन हो, आखिर घमण्ड के का लागी, जहाँ सम्पतीले मात्र बिरामी हुँदा दोहोर्याउदैन त्यसका लागि कोहि आफ्नाको साथ चाहिन्छ, नभए म सक्छु आफै भन्ने आश चाहिन्छ । त्यसैले जीवन अघि बढाउनु छ भने लडेर हैन मिलेर बनाउनुस । जहाँ तपाईं हामी मिल्दा यो नेपालको समृद्धि नै एक सिङ्गो नेपाल बने झै मिलोमतो होस् राजाले नेपालमा कालापानी खोझे झै यो जिन्दगी ले पनि सयौको मन जितोस न । यो नै एक अकल्पनीय साधारण जीवन हो । मरण पहिल्यै लेखेको हुन्छ, त्यो भन्दा अघि बाँकी रहेको सम्पुर्ण तिर्थ धर्म होस या अरु केही सामाग्री होस, जिन्दगीको यात्रा कटाउनु नै जीवन हो । हामी सबै रमाउनु जीवनलाई आफ्नो परिवार झै ठान्नुनै यसको सारान्श हो ।
झरेरै गयो सुकेका पात नयाँ पालुवा पलायो भन्थ्यो एउटा सानो भाइ, मेरो दाइ जिन्दगी देखेर डरायो । सोचेको जीवन कहाँ हुन्छ र, आगो ले पानी निभाएझै । सपना जस्तै त हो जीवन बेलुका रात पर्दा सिरानी मा निदाएझै ।
कुहु कुहु गर्ने कोइली पनि प्रयास गरेरै मिठो गीत गाउछ । जीवनमा कहिले दुख, कहिले सुख त यसै पनि आउँछ । हेर्दा हेरि राखु झै हुन्छ त्यो तिम्रो कोमल मुहार जीवन राम्रो बनाउन सिक, बन्नेछौ एक्दिन कसैको हनोहर ।
