खजुरा : बाँकेको खजुरा गाउँपालिका ३ बागमती नगर स्थित क्रियाशील न्यू बागमती स्पोर्ट्स क्लबले निबर्तमान अध्यक्ष सुरज चन्दको अध्यक्षता भेला बोलाई नयाँ कार्य समिति चयन गरेको छ । न्यू बागमती स्पोर्ट्स कलबमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा पूर्व भारतीय क्याप्टेन तिर्थ राज थापा मगरलाई चयन गरेको हो । कलबको कागजात सहित सम्पुर्ण जिम्मेवरी सुम्पिनु भयो। उक्त कार्यक्रममा खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिब छबिलाल बिस्ट लगायत संस्थापक अध्यक्ष मन बहदुर राना मगर, क्लबका सल्लाहकार भक्त ब के सि, पुर्ब वडाअध्यक्ष कान्तुराम गौतम र अन्य जनप्रतिनिधी सहित खेलाडीहरुको सहभगिता थियो । नवगठित समितिको महिला उपाध्यक्षमा नन्दी पुन मगर, पुरुष उपाध्यक्षमा विजय गुरुङलाई चयन गरिएको छ ।
भेलाले सचिवमा सन्देश थापा, सहसचिव करन थापा, कोषाध्यक्षमा मनोज पुन मगर चयन भएका छन् । यस्तै सदस्यहरूमा महेश बिष्ट, कल्पना तामाङ, सीता राना, लक्ष्मी थापा, गणेश खत्री, बलवीर थापा, र प्रत्येक योगीलाई चयन गरेको हो । तीन वर्षे कार्यकाल रहेको उक्त समितिले खेल गतिविधिलाई सक्रिय बनाउने, खेलाडी उत्पादन गर्ने, अन्य क्लबहरूसँग सहकार्य गर्ने, सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने, सरसफाई तथा स्वास्थ्य गतिविधिहरूमा सक्रिय हुने र खेलमैदान उपलब्ध गराउन स्थानीय सरकारसँग पहल गर्ने लगायतका क्रियाकलाप गर्ने योजना बनाएको नवनिर्वाचित अध्यक्ष तीर्थराज थापा मगरले जानकारी दिए । आज बसेको भेलाले नव समिति चयन गर्नुका साथै विभिन्न गतिविधिहरूलाई क्रियाशील बनाउन उपसमितिहरू निर्माण गरेको छ । भेलाले आर्थिक समितिमा पूर्णचन्द्र पोखरेललाई संयोजकको जिम्मेवारी तोकेको छ । यस्तै खेलकुद समिति संयोजकमा भूपेन्द्र रानाले जिम्मेवारी पाएका छन् भने दुर्व्यसन नियन्त्रण समितिको संयोजकमा इन्द्रबहादुर बुढालाई जिम्मेवारी सहित चयन गरिएको छ । सांस्कृतिक संयोजकमा भीमसेन खड्का, सरसफाई तथा स्वास्थ्य संयोजकमा मनोजपुन मगरलाई जिम्मेवारी तोकिएको भेलाले जनाएको छ । कार्यक्रमको सन्चालन पुर्ब प्र.अ. हरि प्रसाद उपाध्यायले गरेका थिए ।
