नेपालगन्ज २७ भदौं । सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित हातेमालो परियोजनाको बार्षिक समिक्षात्मक बैठक २०८३ शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । परियोजनाले एक बर्षमा गरेका गतिविधिको उपलब्धी चुनौती तथा सिकाईका बारेमा बार्षिक समिक्षात्मक बैठक नेपालगन्जमा सम्पन्न गरेको हो ।
कार्यक्रममा हातेमालो परियोजनाको परिचय, परियोजनाको प्रगति तथा प्रमुख उपलब्धिहरुको प्रस्तुतीकरण समाजिक विकास मञ्च बाँकेका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले गर्नुभएको थियो भने सामाजिक परिक्षण प्रतिवेदन तथा निष्कर्षहरुको प्रस्तुतीकरण सहजकर्ता सावित्री गिरीले गर्नुभएको थियो ।

जिल्ला परियोजना सल्लाहकार समितिको बार्षिक समिक्षात्मक बैठकमा जिल्ला सम्मन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी, जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँ, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, जानकी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख रामअचल धोबी, वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसी, एसडिएफ बाँकेका फोकल पर्सन घनश्याम उपाध्याय, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, वडाध्यक्षहरु लगायत जानकी गाउँपालिका र नरैनापुर गाउँपालिका बाँकेका सरोकारवाला निकायको सहभागिता रहेको थियो । बार्षिक समिक्षात्मक बैठकको अध्यक्षता सामाजिक विकास मञ्च बाँकेका संयोजक चक्र सिंह थापामगरले गर्नुभएको थियो भने परियोजनाको कार्यदिशा तथा कार्यबुँदाहरु निर्धारणका बारेमा वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले जानकारी गराउनुभएको थियो ।


