(Saturday 12th of September 2026)
`

जानकी गाउँपालिकामा हातेमालो परियोजनाको स्थलगत कार्यक्षेत्रको सयुक्त अनुगमन सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 1.5K
    SHARES

    नेपालगन्ज २६ भदौं । सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जानकी गाउँपालिकामा हातेमालो परियोजना मार्फत गरिएको परियोजनाको स्थलगत कार्य क्षेत्रको शुक्रवार सयुक्त अनुगमन गरिएको छ । परियोजनाले एक बर्षमा गरेका गतिविधिको उपलब्धी चुनौती तथा सिकाईका बारेमा स्थलगत अनुगमन गरिएको हो ।
    सयुक्त स्थलगत अनुगमनमा जानकी गाउँपालिका ६ खल्ले पिप्रहवामा रहेको बाल विकास पठन शिविरको अवलोकन तथा अनुगमन, जानकी ६ मै रहेको हनुमान प्रथामिक विद्यालयमा प्रदान गरिएको सामाग्रीको अनुगमन तथा शिक्षक र विद्याथीहरुसंग अन्तरक्रिया बैठक गरिएको थियो । यस्तै जानकी ६ मा रहेको खलेपिप्रहवा स्थित बालवालिकाको बृद्धि अनुगमन सामाग्रीको अवलोकन तथा स्वास्थ्यकमीहरुसंग अन्तरक्रिया बैठक गरिएको थियो ।


    यस्तै जानकी २ स्थित दर्ता भएका बालवालिकाको घरमा विशेष सहयोग अन्तरगत प्रदान गरिएको सहयोगको अवलोकन, जानकी २ बेलभार वडा कार्यालयमा बाल क्लव सञ्जालका सदस्यहरुसंग अन्तरक्रिया बैठक र जानकी ३ इन्द्रपुर वडा कार्यालयमा धार्मिक अगुवाहरुसंग अन्तरक्रिया बैठक गरि सयुक्त स्थलगत अनुगमन गरिएको थियो । अनुगमनमा शिक्षा, स्वास्थ्य, विपन्न बालवालिकाको अवस्था, धर्म गुरुहस्संग छलफलमा सकरात्मक पक्षहरु आएको जानकारी आयोजकले जनाएको छ । परियोजनाले लगानी मात्र होइन लगानी कस्तो ठाउँमा प्रयोग गरिएको छ र यसको उपलब्धि के भैरहेको छ छैन भन्ने विषयमा निरन्तर स्थलगत अनुगमन हुनुपर्ने वडा नं. २ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले जानकारी दिनुभयो ।

    सयुक्त अनुगमनमा जिल्ला सम्मन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी, जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँ, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, जानकी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख रामअचल धोबी, वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसी, एसडिएफ बाँकेका फोकल पर्सन घनश्याम उपाध्याय, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, अनुगमन अधिकृत अमृत विष्ट, नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव भगतराम थारु, जानकी ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, वडा नं. ३ का कार्यवाहक अध्यक्ष लक्ष्मी पासी, वडा नं. २ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता फिल्ड मोबिलाइजर शोभाराम कुर्मी र पार्वती बिसी लगायत सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology