(Wednesday 28th of October 2026)
`

हावाहुरीले लाखौ क्षति, कृषक मारमा

  • सगरमाथा गन्तब्य
  • 13.8K
    SHARES

    जावेद अहमद, नेपालगन्ज २९ बैशाख – गएराति आएको हावाहुरीले बाँकेमा लाखौंको क्षति पुराएको छ । हावाहुरीका कारण कृषक समेत मारमा परेका छन् । व्यवसायिक तरकारी उत्पादन गर्दै आएको खजुरा सितापुर गौघाटस्थित खजुरा नेचर गार्डेन एण्ड एग्रो फार्मको नेटहाउसमा ठूलो क्षति पुगेको छ । नेटहाउस प्रविधिमा आधारित तरकारी खेतीका लागि बनाइएका घरको जाली च्यात्तिएको छ । एग्रो फार्मका प्रबन्धक पृथीराज बर्माले ’नेट पुर्णरुपले धुजा धुजा भएर च्यात्तिएको बताउनुभयो । उहाले तापक्रम सन्तुलन राख्ने नेटको अवस्था पनि त्यस्तै छ । बर्माका अनुसार अर्गा्निक तरकारी उत्पादन गर्दै आएको नेट च्यातिएपछि किराहरुको आक्रमण हुने हुदाँ अब रासायनिक मल हाल्नु पर्ने अवस्था आएको छ । उहाले हावाहरीका कारण करिब ३० लाख बराबरको क्षति पु¥याएको देखेसो पोख्नु भयो । एग्रो फार्मले डेढ बिगाहा क्षेत्रफलमा दुईवटा थोपा सिंचाइ प्रविधि प्रयोग गरी दुईवटा नेटहाउसमा बिभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आएको छ । अहिले भेडे खुर्सानी, टमाटर, लौकी, बोडी, काँक्रो, हरियो खुर्सानी र भिन्डी दैनिक उत्पादनले स्थानीयलाई सजिलो भएको प्रबन्धक बर्माले जानकारी दिए । फार्ममा बाख्रा, लोकल कुखुरा, लौकाट, टर्की समेत पालन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology