(Friday 11th of September 2026)
`

नेपालगन्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण

  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज । सबैकालागि रुख सधैकालागि रुख भन्ने मुल नाराका साथ नेपालगन्ज स्वास्थ्य चौकी वडा नम्बर १२ को प्रांगणमा बृक्षारोपण गरिएको छ । बास नेपाल वातावरण विभाग र बाँके शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा गुलमोहर, सितलचिनी, जकरंडा, बेल लगायतका दुई दर्जन बढी बिरुवाहरु बृक्षारोपण गरिएको छ । स्वास्थ्य चौकीलाई हरियाली बनाउने उद्धेश्यले गरिएको बृक्षारोपणमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, वातावरण विभाग संयोजक हेमन्तराज काफ्ले, बासका निर्देशक तथा वातावरण विभाग सहसंयोजक हेमराज भट्ट, बास बाँके शाखा अध्यक्ष रामु चिडिमार, निर्वतमान बाँके शाखा अध्यक्ष शोभा थापा मगर सहित स्थानीयहरुको सहभागिता रहेको थियो । बास नेपाल वातावरण विभागको अगुवाईमा नेपालगन्जलाई हरियो बनाउने अभियान अन्तरगत यो बर्ष प्रत्येक वडामा १०० बिरुवाका दरले २३०० बिरुवा अभियानको रुपमा बृक्षारोपण गरीने संयोजक हेमन्तराज काफ्लेले बताएका छन् । बास नेपाल बाँके शाखाले जिल्लामा सुशासन प्रर्बद्धन, वातावरण संरक्षण, सचेतनामुलक क्रियाकलाप लगायत सञ्चालन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology