(Wednesday 28th of October 2026)
`

आमासंगको त्यो अन्तिम भेट

  • सगरमाथा गन्तब्य
  • 25.6K
    SHARES

    भिम रावल : नेपालगन्ज – बिकट ठाउँको जन्म आफुलाई थाहा नहुँदा र बुझ्ने नहुँदा सम्म बाल्यकालको खासै केहि थाहा भएन अलि बुझ्ने हुदै गए आमाको माया ममता र सन्तान प्रतिको स्नेहि कती सम्म हुदो रहिछ भन्ने बल्ल आज आएर सवै अनुभव बटुल्दै गए र थाहा हुदै गयो । पहिला आमाको खासै त्यती महत्व लाग्दैन थियो । सायद आमाको काखमा भएर होला । जव २०५९साल बैशाख १९ गते म घरबाट नेपालगन्ज जागिर खान जान्छु भनेर झोला तयार पारे आमाले एक हातमा टीकाको थालि ल्याई घर भित्रबाट आगनमा आउनु भयो (नजा भुन्या बाइगेइस अव मु बुढी मान्छ कनको हेरदेला भाउअ राम्ममरि गयस) यसको अर्थ थियो नजा भन्दै जान लागिस अब म बुढी मान्छेलाई कसले सहयोग गरीदेला राम्रोसंग जानु भन्दै पछिउराले आखाका आसु पुछेर टिका लगाईदिनु भयो । सायद त्यो दिनको टिका र आशिर्वाद नै अन्तिम रहेछ ।। र बुवाले पनि आशिर्वाद दिनुभयो । आमा उभीएको अगाडी सुख्का ठाउमा आसुले पानी पोखिए जस्तो भयो । म पनि आमाको दाहिने हात समातेर घर बाट हिड्दा धेरै रोए । आसुलाई शक्तिमा बदल्नु बाहेक अरू बिकल्प थिएन । आमाको निस्वार्थ माया भएर होला म घरबाट हिडि सकेपछि करिव १ किलोमिटर हिड्दा सम्म आगनको डिलबाट हेरी रहनु भएको थियो । म पनि पटक पटक फर्केर हेरे । त्यसपश्चात २ घण्टा पछी एयरपोर्ट देखी नेपालगन्जको प्लेन उड्यो र नेपालगन्ज आईसक्दा एउटा होटेलमा बसे र मेरो लागी नेपालगन्ज बजार निकै ठुलो र चुनौती जस्तो थियो । भर्ना छनौट पछी २०५९।०२।०१ गते ५ जना जुम्लाबाट आएका साथी मध्ये २ जना मात्रै जागीरमा सफलता भयौ र लगत्तै तालीम सुरु भई मध्य अवधी भएको थियो ।

    त्यतिबेला फोनको सुविधा थिएन एक दिन हुलाकबाट चिठ्ठी आएको थियो । उक्त पत्र हातमा पर्ने बित्तिकै खोलेर हेरे । र उक्त चिठ्ठीमा आमाले भनेर गाँउका छिमेकीले लेखि दिएका रहेछन । छोरा दुःख छ होला तालीममा घर आईजा केही गरेर खाउलास् लेख्न लगाउनु भएको रहेछ । आमाको निस्वार्थ माया सन्तान प्रती मनमनै भगवानसँग चिरायुको कामना गर्दै भोकै अनसन बस्ने केवल आमा मात्रै रहेछन् । प्रत्येक शब्दमा मेरो छोरा दुःख भए घरमा आइजा मात्र लेखेको थियो । उक्त पत्र पढिसकेपछि म निकै निरास भएको थिए । संगै छेउमा सुत्ने साथीले किन निरास हुनु भयो भनी सोध्नु भयो र मैले हैन सन्चो छैन भने र उसले खाना खान मेसमा जाउ भनी आग्रह गर्यो तर मलाई खाने मन छैन तपाई जानु भनेर भने र भने मलाई खाना खाने मन पनी लागेन उक्त दीनमा । पछि त्यो चिठ्ठी बाकसमा राखेको थिए दिनमा २÷३ पटक हेर्ने मन लाग्दथ्यो । तालिम समापन पश्चात प्युठान गइयो । एकदिन आमा करीव १ घण्टा हिडेर नजिकै एक जना फुपुको छोरालाई साथमा लिएर बजारको ओल्डभिजन अफिसमा गएर म कार्यरत ठाउँ प्युठानमा फोन लगाइदेउ भन्नु भएछ । त्यो समयमा जुम्ला जिल्लामा एउटा मात्र फोन थियो । त्यो २०६० साल भदौ महिनाको समय हो । उक्त समयमा हामी पाँच दिनको लागी जिल्ला भरी किलियर गर्ने निर्देशन बमोजिम कार्यालयबाट प्रस्थान गरी सकेका थियौ । आमा फोनमा बोल्न नपाइ घर फर्किनु भएछ । छैटौ दिन पछी कार्यालयमा आई पुग्दा तपाइको जुम्लाबाट यति नम्वरको फोनबाट फोन आएको थियो भनि एक जना सरले नम्बर दिनु भयो । करिब एक घण्टा सम्म लाइनमा बसेर बल्ल बल्ल पालो आयो र धौ–धौ फोन लाग्यो र मैले सोधे पाँच दिन अगाडि यो नम्बरमा फोन आएको रहेछ कसले गरेको रहिछ होला हजुरलाई थाहा छ भनि सोधे ? उता बाट जवाफ दिनु भयो एकजना बृद्ध महिला हुनु हुन्थियो छोरा प्युठान जागिर छ भन्नु हुन्थियो अरु थाहा भएन भन्नु भयो ।

    मैले सोधे कस्तो हुनु हुन्थियो ठ्याम्मै आमाको हुलिया संग मेल खायो मैले सोचे के गर्नु आमा फोन गर्न आउनु भएको रहिछ । आमाको स्वर पनि सुन्न पाइएन झन पिडा माथी बोध भयो । रातभरी आमालाई सम्झेर बसे । त्यसपछी कारणबस फेरी २०६१ सालमा भरतपुर चितवनमा तालिम पश्चात केहि महिनामा फेरी रौतहटमा पोस्टीङ भयो । र रौतहट गए । २०६२ साल माघ महिना थियो उक्त महिनामा नगरपालिकाको मेयर – उपमेयरको निर्वाचन थियो म निर्वाचनमा खटीएको थीए घरमा आमा एकदमै सिकिस्त बिरामी हुनु भएछ बुवालाई छोरालाई जसरी पनि बोलाई देउ भन्नु भएछ बुवाले फेरी म कार्यरत रहेको ठाउँ रौतहटमा फोन गर्नु भएछ । म फलानाको बुवा हो मेरो छोरालाई बोलाइदिनुहोस ? उताबाट जवाफ पाउनु भएछ तपाइको छोरा अहिले बाहिर हुनु हुन्छ आए पछि खवर गरीदिउला । त्यो समयमा लेन्डलाइन मात्र फोनको सुबिधा थियो । साझपख म कार्यालयमा आए त्यस पश्चात एकजना सरले भन्नुभयो तपाईको आमा सिरियस बिरामी हुनु हुन्छ रे तपाइको बुवाले फोन गर्नु भएको थियो भन्नुभयो । म झसङ भए । त्यो रातीभरी निन्द्रा नै लागेन । मानस पटलमा आमा बाहेक केही पनि सोच्न सकिन । देशलाई अप्ठेरो र संकट पर्दा जस्तोसुकै अबस्थामा खटिने छू भनेर जागिर खादा कसम खाएको ब्यक्तीले चुनावको अवधीमा बिदा पाउन सहज त थिएन तैपनी भोलिपल्ट बिहानै कार्यालय प्रमुख समक्ष अनुरोध गरे र धेरै बिन्ति गरे सर मेरो आमा बिरामी भई सिरियस हुनु हुन्छ रे घर जान पाए हुन्थियो ? मेरो भावना, मर्म बुझ्ने कोसिस नै गर्नु भएन चुनाव आज बल्ला सकिएको छ किन आजै जानु पर्ने भनेर भन्नुभयो । फेरि जुम्लाबाट पनि प्रहरीको संचारद्रारा फलानाको आमा सिकिस्त बिरामी भएको कारण निजलाई जानकारी गरीदिन हुन भनेर पत्र समेत आएको रहीछ ।

    उक्त पत्र बोकेर एकजना सिनियर सरले मलाई हाकिम सावको कोठामा लिनु भयो तैपनि हुदैन भन्नु भयो र आखाभरी आसु पार्दै फर्किए यो मेरो जिवनको आरोह अवरोह अनुभुति एवम भोगाईको बृतान्त हो । तितो यथार्र्थ हो । फेरी २ दिन पछी कार्यालय प्रमुख समक्ष गई धेरै बिन्ति गरे बल्ल तेर्सो दिन १० दिनको लागि बिदा पाइयो । म तुरुन्त रात्री गाडीमा हिडे । जब नेपालगन्ज आइपुगे प्लेनको टीकट लिदा जुम्लामा हिउ परीरहेको रहिछ प्लेन नै क्यान्सिल भयो । फेरी फिर्ता भए । त्यस दिन आमालाई अन्तिम भइ सकेको रहिछ । अस्पतालबाट डाक्टरले घर लिदा हुन्छ भन्नु भएको रहेछ । आमालाई घरमा लिइ सकेका रहेछन । अलिकति साहस रहिछ प्रत्येक शब्दमा सधै मेरो कान्छो छोरालाई बोलाई देउ भन्नूभएको रहेछ । त्यही साझ आमाको निधन भएछ । म भोलि पल्ट साझ मात्र घरमा पुगे र आमालाइ खोजी गरे अन्तिममा भेटेन, आमाको कोठाको भित्तामा फोटो बाहेक केही देखेन त्यही फोटोलाइ समाएर धेरै रोए । उक्त दिन देखि मार्तुबात्सल्य भइ आमाबाट सदैका लागि बन्जित भइयो । सबैले मलाई सम्झाए र भने आमा हाम्रो माझ रहनु भएन । मैले सोधे आमाले कहाँनिर प्राण त्याग गर्नुभयो ? दिदिले घरको आगनको साईड देखाउनु भयो र मैले उक्त ठाउँमा एक छिन उभिएर नियालेर हेरे १ मिनेट उभीएर माफ गर्नु आमा हजुरको सदै ऋणि हुनेछु । हार्दीक श्रदान्जली आमा चिर शान्तिको कामना बाहेक केही भन्न सकिन । उक्त समयमा देशमा निकै द्धन्द्धको अवस्थाको कारण आमाको सतकर्म पनि राम्रोसंग गर्न पाएन । झण्डै १६ बर्ष भएछ आमाको काखबाट अलग भएको । आफ्नो सन्ततीको लागी बिराजमान हुने केवल आमा मात्र रहेछन । सुनेको थिए बुवा मर्दा आदा टुहुरो आमा मर्दा सदैलाई टुहुरो त्यहि कुरा मेरो जिवनमा भोगाइ भइ रहेको छ । आमाको मात्र एउटा सोच हुने रहिछ मेरो छोरा निष्टवान ,ब्यवसायिक र बेदाग छवि कायम राखोस भन्ने केवल आमा मात्र हुने रहिँछन । सन्तानले के ईच्छा गरेका हुन्छन त्यो परिपुर्तिका सम्बाहक केवल आफ्ना अविभावक मात्र हुँदा रहिछन । जव चाडबाड आउँछ र मातातिर्थ औसी आउँछ सवैले आमाको काखको फोटो राखेको देख्दा त्यो दिनमा महसुस हुन्छकि आमा नहुँदाको पिडा, सदै मेरो छोराको मोक्ष प्राप्ति होस भन्ने केवल आमा बुवा मात्र हुँदा रहीछन । मैले आफुले जिवनमा भोगेको यो बृतान्त हो । आमा ममताकी प्रतिमुर्ती हुन । आमाको ममता, स्नेही हातको स्पर्श घाउमा मलमझै हुने रहिछ । यो मेरो लामो अनुभव हो । आमा गुमाउदाको पीडा सारै दर्दनाक हुने रहिछ । आमाको सपना सिरोधार्य गर्ने इच्छा मनमै रहयो ।। पिठ्युँमा घास दाउराको भारी बोकेर काखमा आफ्ना सन्ततीलाई भिरदा समेत कुनै थकानको महसुस नगर्ने आमाको अबिभाराको सदै ऋणि नै हुनेछु आमा । सबैमा एउटै कुरा विनम्र पुर्वक आग्रह गर्दछु कि आफ्नो आमाबुवा भनेका जिउँदो आँखाले देख्न सक्ने भगवान रहेछन । आफ्नो सन्तान प्रती हेर्ने नजिर नै महान हुने रहिछ । बिभिन्न ठाउँमा गई तिर्थ ब्रत गर्न पुर्व आमाबुवालाई प्रश्न गराउनुहोस उहाँको प्रेरणा, मोक्ष, श्रीवृद्धि, श्रदा ,भक्ति र आशिर्वादले हामीलाई जय–जय कार हुनेछ । हार्दिक श्रदान्जली आमा हजुर प्रती नमन ।

    भिम रावल जुम्ला – हाल नेपालगन्ज बाँके ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology