(Saturday 25th of July 2026)
`

रेडियो प्रेमी श्याम गिरीको कलाले विश्वलाई चिनाउँदै

  • सगरमाथा गन्तब्य
  • 4K
    SHARES

    नेपालगन्ज : चैत ११ गते । कला क्षेत्रले विश्व मै नयाँ आयाम दिन सफल हुनुहुन्छ नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १९ सुर्जिगाउँ एकतानगरका श्याम गिरी (रेडियो प्रेमी वान) । ५५ बर्षिय श्याम गिरी रेडियो प्रेमी उपनामबाट चर्चित हुनुहुन्छ । २०६७ सालदेखि रेडियो कार्यक्रमको श्रोताको रुपमा परिचित गिरी रेडियो प्रेमी वान नामबाट चर्चित हुनुभएको हो । २०६७ सालबाट रेडियोमा प्रशारण हुने हरेक कार्यक्रमको श्रोता बनेर चर्चामा आउन सफल भएका गिरीको नाम नै रेडियो प्रेमी वान हुन पुग्यो ।
    विश्व सामु गिरी अहिले सामाजिक संजाल फेसबुक र टिकटकमा भाइरल मानिनुहुन्छ । उहाँले बनाएको टिकटकमा प्राय विदेशी नागरिकले अत्याधिक मन पराएर राम्रो कमेन्ट गरेको कलाकार गिरीले बताउनुहुन्छ । गिरी डान्समा विगत ७ बर्षदेखि कडा मेहनत गरेर उहाँ पुग्नमा सफल भएको बताउनुहुन्छ । न्यु योगा हार्ड, टु लेग फिङगर, फ्रोन्ट टु ब्याक, वेटिङ स्केल, राउण्डिङ स्विट, वान लेग फिङगर डान्सर गरेर नेपालमा मात्र नभई विश्व सामु चर्चित भएको दावी उहाँले गर्नुहुन्छ । ७ बर्षको लामो अथक प्रयासपछि आफैले उत्पादन गरेको डान्सका स्टेप चर्चामा आएको उहाँ बताउनुहुन्छ । संसारको अनेक कथिनाईलाई गिरीले पार गर्दै विदेशी नागरिकको फ्यान बन्न सफल भएको बताउनुहुन्छ ।
    टिकटक आइडी रेडियो प्रेमी वान बाट फेमस भएका गिरी मेरो डान्स सिजन टु मा पनि योगा डान्स प्रस्तुत गर्नुभएको थियो । जसमा बाँकेबाट छनोट भई काठमाण्डौंमा पुगेर आफ्नो प्रस्तुती प्रर्दशन गर्नुभएको थियो । ६ जना जजले उहाँको प्रशंसा गर्नुभयो ।

    जजमा चर्चित नायक दिलिप राइमाझी, मिथिला शर्मा, मोडल तथा डान्सर शंकर विसी लगायतले उहाँको प्रशंसा गर्दै टु लेग फिङगर फ्रोन्ट टु ब्याक योगा डान्स प्रस्तुतीले जज उत्साहीत हुनुभएको थियो गिरीले भन्नुभयो । संसार कै नौलो डान्सको उत्पादन गरेर विश्वमा चिन्न सफल भएको छु गिरीले भन्नुभयो । उहाँले बाँके, बर्दिया काठमाण्डौमा गिरीको डान्सको प्रशंसा भएको छ । धेरै मेहनत गरेर यहाँसम्म आएको छु उहाँले भन्नुभयो । ७ बर्ष लगातार कडा परिश्रम गरेर मेरो डान्सलाई विश्वमा चिनाउन सफल भएको बताउनुहुन्छ । ५५ बर्षको उमेर पुग्दा समेत उहाँको डान्स गर्नेमा जोस उत्तिकै रहेको छ । रुची र लगाव उत्तिकै भए जस्तो सुकै उमेरले छेक्न नसक्ने गिरी बताउनुहुन्छ । गिरी नृत्य क्षेत्रमा रुची राख्ने भएको हुनाले नयाँ नयाँ स्टेप गर्न गाह्रो नहुने बताउनुहुन्छ । गिरी नेपाल आयल निगममा लामो समयसम्मा जागिरे हुनुहुन्थ्यो । अहिले जागिर छाडेर घरमै बस्ने र सामाजिक सञ्जालमा आफुले नयाँ नयाँ स्टेप सिक्दै डान्सका भिडियोहरु पोष्ट गर्ने गरेको बताउनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology