नेपालगन्ज १५ असार – बर्दियामा पनि सलह किरा देखिएको छ । बर्दियाको गेरुवागाउँपालिका वडा नं. १ मा सहल किरा सोमवार देखिएको गाउँपालिकाले जनाएको छ । गेरुवागाउँपालिकाको वडा नं. १ स्थित बगहीपुर र जनकनगरमा सहल किरा देखिएको वडा अध्यक्ष दयाराम बैद्यले जानकारी गराउनुभयो । धानको विउमा देखिएका सलह किरा समातेर मारेको उहाँले बताउनुभयो । एक झेण्ड देखिएका सहल स्थानिले मिलेर मारिरहेको वडा अध्यक्ष बैद्यले बताउनुभयो । यस्तै कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ । स्थानीय रामप्रसाद कठरियाले खेतमा मल छर्न जाँदा सलह किरा देखेको बताउनुभयो । बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताउनुभयो । ‘अहिलेसम्म सलह भन्ने छ त्यहाँ पुगेपछि विस्तृत थाहा हुन्छ ।’
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीमा सलह आएको जानकारी आएको बताउनुभयो । ‘हामीलाई खबर आएको छ । केही त स्थानीयले पनि मारे’ उहाँले भन्नुभयो । प्रदेश सरकारले आइतबार सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको थियो ।
