जागेश्वर सिंह थारु : बाँके, ५ असार, नेपाल सरकारको राष्ट्रिय गौरब आयोजना सिक्टा सिचाई आयोजनाको नहरमा २ महिना देखि पानी आउन थालेपछि किसानहरु खुशीले हर्षित भएका छन् यो बर्ष चैते खेती र समयमै धानको खेती गर्न पएकोले किसान खुशी भएका हुन् । विगत २०३२ साल देखी अनुसन्धान शुरु भएको सिक्टा सिचाई २०६०/०६५ साल देखि निर्माण शुरु भएको थियो । ठुलो आयोजना भएको हुनाले धेरै समय लागेको तर हाल सम्म ६० प्रतिशत काम भैसकेको आयोजनाले जनाएको छ ।
आयोजनाको कुल लागत ३३ अर्ब रहेको छ जसमा १७ अर्बको काम सम्पन्न भैसको र बाँकी काम ५ बर्ष भित्र पुरा हुने योजना रहेको छ । ४४ हजार हेक्टर जमिन सिचाई गर्ने लक्ष्य बोकेको सिक्टा सिचाई यो बर्ष १६ हजार हेक्टर जमिन सिचाई हुने सिक्टा सिचाई आयोजना प्रमुख लोक बहादुर थापाले बताउनुभयो । आकाशे बर्षको भरमा खेती गरि रहेका किसानहरुले भने समय मै पानी आएपछि खेतीमा आकर्षित भएका छन् । नहरको पानी नआएकोले बर्षा नहुँदा धेरै खेतहरु बाँझो रहेका स्थानीय किसान लालमती बुढा बताउनुहुन्छ । नहरको पानी नआएपछि उत्पादन पनि कम हुने गरेको थियो तर यो बर्ष अरु बर्ष भन्दा उत्पानमा बृद्धि हुने आशा पलाएको छ उहाँले भन्नुभयो । बर्षाको भरमा खेती गर्दा खेती गर्न ढिलो हुने र समय लाग्ने गरेको स्थानीय किसानले बताउछन् । सिक्टा सिचाईको आयोजना पुरा भएपछि बाँके र बर्दियाका किसानहरुले १२ महिना नहरको पानीले खेती गर्न सक्ने उद्देश्य रहेको छ ।
