(Wednesday 28th of October 2026)
`

राज्यले कृषि क्षेत्रमा सम्बद्ध र वास्तविक किसानलाई सास्ती दिएको कृषकहरुको गुनासो

  • सगरमाथा गन्तब्य
  • 10.6K
    SHARES
    • सुरेश श्रेष्ठ

    दाङ, २८ बैशाख । दाङका किसानहरुले राज्यले कृषि क्षेत्रमा सम्बद्ध र वास्तविक किसानलाई सास्ती दिएको बताएका छन् । नयाँ बजेटको बारे संसदमा छलफल सुरु भएसँगै यहाँका किसानलाई राहात हुने गरि राज्यले नीति तथा कार्यक्रम ल्याउनु पर्ने मागसमेत गरेका छन् ।कृषि प्रदान देश भएपनि राज्यले कृषिलाई उच्च प्राथामिकतामा नराखेको र किसानलाई आवश्यक मल, विउ र सिचाइको लागि ध्यान दिन चासो नदिएको भन्दै उनीहरुले मल, विउ र सिचाई सहजरुपमा उपलब्ध हुने निति ल्याउनुपर्ने बताएका छन् ।

    कृषि क्षेत्र समृद्ध भएमात्रै मुलुक समृद्ध हुने हुँदा कृषिलाई राज्यले महत्व दिनुपर्ने अगुवा किसान रेशम भण्डारी बताउछन् । उनले किसान र कृषि क्षेत्रका लागि आएको अनुदान समेत बास्तविक किसानसम्म नपुगेको बताए ।

    किसानको समस्या बुझनु भन्दा पनि हेपाहाको प्रवृतिले सरकारले हेर्ने गरेको अर्का किसान रोषण भण्डारीले बताए । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology