(Wednesday 28th of October 2026)
`

नरैनापुरमा अन्तर सम्वाद, मोहरर्ममा सजगतासँगै सतर्कता

  • सगरमाथा गन्तब्य
  • 21.4K
    SHARES

    नेपालगञ्ज, भदौ ११ गते — मुस्लिम धर्मावलम्वीको मोहरर्मलाई मध्यनजर गर्दै सजगता र सतर्कता अपनाइने सम्वद्ध अधिकारीले बताएका छन् । कोभिड १९ को विषम परिस्थितीकाबीच नजीकीएको मोहरर्ममा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दै थप सजग हुनुपर्ने आवश्यक्ता औल्याइएको छ । विवाद, द्धन्द्ध व्यवस्थापनमा क्रियाशिल सवाद समूह बाँके अन्तगर्त सम्वाद सहयोगी समूह, नरैनापुरले १४ गतेको मोहरर्म, सम्भावित तयारी र सतर्कता बारे विहीबार नरैनापुरमा गरेको सरोकारकारवालासँगको अन्तर सम्वादमा सो औल्याइएको हो । जनप्रतिनीधी, सुरक्षा प्रतिनीधी, मौलाना, सम्वाद सदस्यसहितको अन्तरक्रियात्मक सम्वादमा आइतबार मनाइने मोहरर्ममा यसपाली भिडभाड हुन नदिन माइकिङ लगायतको तयारी गर्ने निर्णय गरिएको छ ।
    सामाजिक दुरी कायम राख्न माइकिङ गर्ने, ताजीया सेलाउन सीमीत व्यक्ति जाने र ¥याली लगायतका क्रियाक्लाप नगर्ने, साँझ ६ वजे सम्म मोहरर्मका सम्पूर्ण क्रियाक्लाप समापन गर्ने, शान्ति, सदभाव कायमका लागि वडा अध्यक्ष, सुरक्षाअधिकारीसहित स्थलगत निरिक्षण गर्ने लगायतका निर्णय भएको सम्वाद सहयोगी समूहका संयोजक एवं सहजकर्ता मकबुल मुकेरीले जानकारी दिनु भयो । अन्तर सम्वादमा वडा न न २ का अध्यक्ष मसुद अहमद शाह, वडा न ४ का वडा अध्यक्ष दिनेश प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय नैरनापुरका प्रहरी नायव निरिक्षक श्याम राज अर्याल, बीओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल बाटा, मौलाना सेहेर आलम दर्जी, मुस्लिम अगुवा अरिफ मोहम्मद खा, सम्वाद सहययोगी सदस्यहरु अजय कुमार मीश्रा, सुरज श्रीवास्तव लगायतको सहभागिता रहेको थियो । सम्वाद समूह, बाँकेले विभिन्न चाड पर्वमा हुन सक्ने सम्भावित विवादलाई आकलन गर्दै आवश्यक सहजीकरण गर्दै आएको छ । यस अघि नेपालगञ्जमा पनि मोहरर्मका भिडभाड हुने कार्यक्रम स्थगीत गरिएको जनाईसकिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology