(Wednesday 28th of October 2026)
`

कोरोनाबाट गाेरखामा एक जनाकाे मृत्यु

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    गोरखा, २० असार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ  । गाेरखा पालुङटार नगरपालिका- ७ का ४४ वर्षीय पुरूषकाे मृत्यु भएकाे सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको छ ।  गोरखा अस्पतालमा उपचाररत उनकाे शनिबार  साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

    कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology