(Wednesday 28th of October 2026)
`

कञ्चनपुर : कोरोना संक्रमितहरू रोपाइँमा मस्त !

  • सगरमाथा गन्तब्य
  • 10.3K
    SHARES
    • शीतल भट्ट 

    कञ्चनपुर, १३ असार । कञ्चनपुरमा कोरोना संक्रमित रोपाइँ गरिरहेका छन् । शुक्रबार कोरोना पुष्टि भएका जिल्लाको कृष्णपुर नगरपालिका- ३ का पाँचजना कोरोना संक्रमित रोपाइँ गरिरहेकाे भेटिएका हुन् । उनीहरुमध्ये दुईजना जेठ १८ गते भारतकाे सुरतबाट र तीनजना १९ गते बैंग्लोरबाट आएका थिए । भारतबाट आएका उनीहरुलाई कृष्णपुर नगरपालिका–३ स्थित नन्द माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २२ दिन राखिएको थियो । त्यहाँबाट रिपोर्ट नआउँदै घर पठाइएको थियो । वडानम्बर ३ का वडा अध्यक्ष सुन्दर चौधरीले घर पठाएको चार दिनपछि पाँचजनामा संक्रमण पुष्टि भएको बताए । उनले संत्रमितलाई फेरि घरबाट ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी भएको बताए । कृष्णपुर नगरपालिकाका आरडीटी पोजेटिभ देखिएका दुई सय ५३ जनामध्ये एक सय ३६ जनालाई घर पठाइएको थियो। नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले नगरपालिकाले आरडीटी पोजेटिभ आएकाहरुलाई पनि घर पठाउन वडालाई निर्देशन दिइएपछि अहिले गाउँमा भयावह वातावरण सृजना भएको बताए । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology