(Wednesday 28th of October 2026)
`

कोरोना विरुद्ध अग्रपंक्तिमा खटिने प्रहरी र पत्रकारलाई पुर्वमन्त्री राईद्धारा स्वास्थ्य सामाग्री प्रदान

  • सगरमाथा गन्तब्य
  • 12.3K
    SHARES

    नेपालगन्ज ११ जेठ, विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाइरस महामारी रोगको अग्रपंक्तिमा रहि कार्य गर्ने संस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नागरिकको सुरक्षा र रोकथाममा अग्रपंक्तिमा रहि कार्य गर्ने प्रहरी, सिविल प्रहरी र पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । पुर्वमन्त्री राईले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने बाँकेका सुरक्षाकर्मी र पत्रकारलाई सेनिटाइजर, माक्स र ग्लोब्स बितरण गर्नु भएको हो ।

    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, जमुनाह प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र पत्रकार महासंघलाई सेनिटाइजर, माक्स र ग्लोब्स प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालयलाई पनि ४ सय माक्स ४ सय ग्लोब्स र १० लिटर सेनिटाइजर, सशस्त्र प्रहरीलाई २५० माक्स, २५० ग्लोब्स र १० लिटर सेनिटाइजर, नगर प्रहरीलाई १०० थान माक्स, १०० थान ग्लोब्स र १० लिटर सेनिटाइजर बितरण गरिएको हो । यस्तै पुर्वमन्त्री राईले उपलब्ध गराएको नेपाल आर्मीलाई १५० माक्स, १५० ग्लोब्स र ५ लिटर सेनिटाइजर, जिल्ला अनुसन्धानलाई १०० माक्स, १०० ग्लोब्स र १० लिटर सेनिटाइजर बितरण गरिएको उहाँले जानकारी गराउनुभयो । जमुनाह प्रहरी र जयसपुर प्रहरीलाई पनि माक्स, ग्लोब्स, सेनिटाइजर पुर्वमन्त्री राईले उपलब्ध गराउनु भएको छ । पत्रकार महासंघ बाँकेलाई पनि ६० थान माक्स, ५० थान ग्लोब्स र ६० वटा सेनिटाइजर बितरण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology