(Wednesday 28th of October 2026)
`

लकडाउन खुकुलो बनाउने परिस्थिति छैन : उच्चस्तरीय समन्वय समिति

  • सगरमाथा गन्तब्य
  • 12.8K
    SHARES

    काठमाडौं, १३ बैशाख । विश्वभर कोरानो भाइरसको उच्च जोखिम रहेको हुनाले तत्कालको लागि लकडाउन खुकुलो बनाउन जरुरी नरहेको उच्चस्तरिय समन्वय समितिल जनाएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो ।
    सिंहदरबारमा बसेको समितिको बैठकले पछिल्लो समय मुलुकभर कोरोना संक्रमितहरुको दिनप्रतिदिन भेटिन थालेपछि देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको निष्कर्ष निकालेको छ ।
    तर, उच्च स्तरीय समन्वय समिति लकडाउन बढाउने नबढाउने भन्ने विषयमा ठोस निश्कर्षमा भने नपुगेको जानकारी गराइएको छ । बैशाख १५ गते लकडाउनको अवधि सकिदैछ यस विषयमा निर्णय गर्नका लागि आइतबार मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराइएको छ त्यसपछि निष्कर्ष निस्कने समितिले जनाएको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रिपरिषद उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएनुभएको थियो । प्रधानमन्त्री ओलीकै निर्देशन अनुसार समितिले मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ । समितिमा भएका छलफलका आधारमा उक्त कार्यदलले मोडालिटी तयार पार्ने र त्यसको अन्तिम टुंगो मन्त्रिपरिषद्ले लगाउने जानकारी गराउनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology