(Wednesday 28th of October 2026)
`

मेरो ऐतिहांसिक बैजनाथ गाउँपालिकामा कसले रोप्दै छ नक्कली फूल ?

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    बिनोद थारु – नेपालगन्ज : सुनेको थिएँ, नेपालमा एउटा नयाँ राजनीतिक संस्कार सुरु भयो । टायर बाल्ने र लौरो देखाउने संस्कारलाई परिवर्तन गरेर फूल रोप्ने राजनीतिका चर्चा बजारभरि फैलिए । राजनीतिक सोचभन्दा माथि उठेर विवेक सम्मत रूपमा देशलाई अघि बढाउनुपर्छ भन्ने आम सोचमा फेरि पर्दा लागेको छ । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र आएको दुईदशक पार गर्न थाल्यो ? बाँके, क्षेत्र नं. ३ मा पाहिलो गणतान्त्रिक संसद नेकपा (माओबादी) का पुर्ण सुबेदी, निर्बाचित हुनुभयो, पहिलो गणतान्त्रिक समानुपातिक संसद पनि दोस्रो संबिधान सभाको निर्बाचित संसद नेकपा (एमाले ) का दल बहादुर सुनार, दुई दुई पटक निर्बाचित हुनु भयो । प्रतिनिधि सभाका उम्मेदवार नेकपा (एमाले ) कै नन्द लाल रोकाय र प्रदेश सभाको नेकपा (माओवादी + एमाले) का इन्द्र प्रसाद खारेल , निर्बाचित हुनु भयो र पहिलो गणतान्त्रिक बैजनाथको स्थानिय सरकार नेकपा (एमाले) कै मान बहादुर रुचाल, निर्बाचित हुन भयो र जनताले निर्बाचित गराए पनि तर किन मेरो सुन्दर् गाउँ पालिकामा सुन्दर फुल रोप्न सक्नु भएन? पांच पांच बर्षसम्म नेपाली जनताले तिरेको करको दुरुपयोग कसैले ग¥यो ? यिनीहरु मेरो सुन्दर गाउँ पालिकामा एक जोड चप्पल लगाएर आएको होइनन् र ? जनताको करको दुरुपयोग गर्न सक्ने तर एउटा पुल, पंधेरो, कलकारखाना, बिद्यालय, बाटो घाटो, खानेपानी, सिचाई, सुकुम्बासी समस्या समाधान जस्ता तमाम समस्याहरु गर्न नसक्नेले खोक्रो कुरा गर्न सुहाउँछ ? ताली बजाउन सुहाउँछ ?
    फूल रोप्ने राजनीतिक संस्कारको विकासमा अघि बढेका पाइलाहरूमा ठेस लागेको अनुभूत भैरहेको छ । जब आफूले भरोसा लिएका पुर्ब संसद तथा पुर्ब मंत्री संबिधान सभा सदस्य दल बहादुर सुनार र नन्द रोकाय जो झन्डै बाँके, क्षेत्र नं. ३ मा दुई दशक शासन सट्टामा बसे । उहाँहरुकै बिउ प्रदेश सभाका सदस्यमा.रत्न खात्री, हुन सुर्खेतबाट नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस अध्ययन गर्न छिरेका विद्यार्थी राजनीतिमा म भन्दा ५ बर्ष सिनियर म नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजको schooling काठमाडौ र उहाँ चाहिँ आखिल (एमाले) महेन्द्र बहुमुखी क्याम्पसको schooling नेपालगंज युवाहरूको जमातमाझ फेरि पछिल्लो समयमा राजनीतिका नाममा घृणाको खेती गर्न र हिलो छ्याप्ने प्रयास गरि रहनु भएको छ । जुन जोगी आए पनि कानै चिरिएको भन्ने उक्ति चरितार्थ भएको छ । युवाको ढुकढुकी, सादगी, निडर, भ्रष्टाचार बिरोधी बाँके, क्षेत्र नं. ३ संघका प्रतिनिधि सभा सदस्य अदारणिय किशोर सिहं राठौरलाई फुस्स किशोर दाई भनेर गरेको कटाक्ष र आशा जी, एक रुपियाँ बचत हाले होलान् भने म सभाषदबाट राजीनामा दिन्छु । भनेर गरेको व्यङ्गले हामी क्षेत्र नं. ३ मा बिकासको खोलो आउला भनी हामी आशमा छौ । तर कता कता यी सब सकारात्मकताको आवरणमा बुनिएका नकारात्मक सोचको परिणतिमात्र हुन् कि शंका पनि छ । प्रदेश सभाषद रत्न खत्रीको जनतासंगको भेट्घाट्ले आफैं नकारात्मक विचारले घेरिएकाबाट प्रदेश सकारात्मक मोडतर्फ उन्मुख होला त ?
    फूल रोप्नेहरू काँडाको खेती गर्दैनन् । सकारात्मक सोचको खेती गर्नेहरू नकारात्मक तवरले अघि बढ्दैनन् । यदि क्याम्पसमा राजनीति गरे जस्तै टायर बाल्ने संस्कारको अन्त्य गर्ने हो भने ती युवाको मनभित्र दन्किएको आक्रोश र क्रोधको टायर निभाउन सक्नुपर्छ । फेरि पनि नेताहरूमाथि हिलो छ्याप्ने र व्यक्तिको प्रतिष्ठा र चरित्रमा आँच आउने अभिव्यक्तिले फूल रोप्ने संस्कारको विकास हुनै सक्दैन । भाषण शैली र कला सिकाउने बग्रेल्ती विद्यालय होलान्, वास्तविक परिवर्तनका लागि सोचलाई सकारात्मक बनाउनुपर्छ । जय नेपाल ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology