(Wednesday 28th of October 2026)
`

काेराेना संक्रमित एक पुरुषको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    पाेखरा, २६ जेठ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषकाे उपचारका क्रममा मृत्यु भएको हाे । गण्डकी प्रदेशमा काेराेनाका कारण मृत्यु हुनेमा उनी नै पहिलाे रहेकाे बताइएकाे छ । मृतक पुरूष स्याङ्जाकाे बालिङ नगरपालिका स्थायी ठेगाना रहेकाे र उनमा काेराेना संक्रमण भएकाे निर्देशनालयले जनाएकाे छ । आइतवार मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानको आइसोलेसनमा उपचारत रहेका थिए । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले विज्ञप्ति मार्फत् ती पुरूषकाे मृत्यु भएकाे पुष्टि गर्नुभएकाे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology