हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो । आज ती क्षेत्रका पहाडी भागमा बदली छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । हिजो कैलालीको धनगढीमा ६८ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि लगातार झरी परिरहेको छ । मौसमविद मिन कुमार अर्यालले आज काठमाडौं उपत्यकाको आकास नखुल्ने बताए । ‘काठमाडौं उपत्यकामा दिउँसो पानी पर्न केहीबेर रोकिए पनि आकास भने खुल्दैन, राति फेरि पानी पर्छ,’ उनले भने । अरेबियन सागरमा चार दिन अगाडि निसर्ग चक्रवात विकसित भएको थियो । त्यसको अप्रत्यक्ष असर नेपालमा परेको छ। त्यो अहिले कमजोर भइसके पनि निम्न चापिय प्रणालीको असर बाँकी नै छ । निम्न चापिय प्रणाली अहिले पूर्वतिर सर्दै गएको छ । त्यसैले मौसमविद वरुण पौडेलका अनुसार प्रदेश २ र १ मा बेलुकासम्म पनि लगातार झरी पर्ने छ । अनलाइनखबरबाट
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
