(Saturday 25th of July 2026)
`

जलवायु परिवर्तन बारे पत्रकारलाई कलम चलाउन आग्रह

  • सगरमाथा गन्तब्य
  • 7.9K
    SHARES

    नेपालगन्ज ०४ फागुन – एनआईआरसीले नेपाली मिडियामा जलवायु परिवर्तन बारे सोमवार नेपालगन्जमा छलफल कार्यक्रम गरिएको छ । गहन अध्ययन गरी जलवायु परिवर्तन बारे कमल चलाउने पत्रकारहरुसंग छलफल गरि जलवायु परिवर्तन बारे कलम चलाउन आग्रह गरिएको हो । नेपाली मिडियामा जलवायु परिवर्तन बारे कसरी रिपोर्ट गरिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । जसमा मिडियाको फ्रेमिङ र जनधारणालाई कसरी प्रभाव पार्छ सहभागी सञ्चारकर्मीहरुद्वारा विश्लेषण गरिएको थियो ।
    जलवायु परिवर्तन अहिले विश्वभरकै गम्भिर चुनौतीको रुपमा देखिएको छ । नेपाल यसको प्रत्यक्ष प्रभावमा परेका शिर्ष १० मुलुकहरु मध्ये एक रहेको छलफलमा बताईएको थियो । बढ्दो तापक्रम, अनियमित वर्षा, हिमनदीहरु पग्लने क्रम, बाढी, पहिरो जस्ता जलवायु जन्य विपदहरुले नेपालमा कृषि, जल स्रोत, जैविक विविधता र मानव बस्तीहरुमा ठूलो असर पु¥याईरहेको छ । नेपालको ऊर्जा उत्पाद न मुख्य रुपमा जलविद्युतमा निर्भर रहेको जसमा मौसमको परिवर्तनले प्रत्यक्ष असर गरेको पाईन्छ । जलस्रोतको प्रवाहमा आउने उतारचढावका कारण उर्जा आपूर्तिमा अस्थिरता प्रष्ट देख्न पाईनुका साथै यसबाट ग्रामीण भेगका गरिब, महिला, आदिवासी समुदायहरु जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
    माथि उल्लेखित समस्याहरुमा केन्द्रित रहेको छलफलमा मिडियाले जलवायु परिवर्तनको सन्देश सम्प्रेषण गर्न, जनचेतना बढाउन र नीति निर्माणमा प्रभाव पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताईएको थियो । सोमवार गरिएको छलफलको उद्देश्यहरुमा नेपाली मिडियामा जलवायु परिवर्तनको रिपोर्टिङ प्रवृत्ति र प्रकृति बुझ्नुः, मिडिया प्रवचनलाई प्रभाव पार्ने कारकहरुको पहिचान गर्नु, मिडियाले जनधारणामा पार्ने प्रभावको विश्लेषण गर्नु, जिम्मेवार र सूचनायुक्त जलवायु पत्रकारितालाई प्रवद्र्धन गर्नु रहेको थियो । छलफलमा सञ्चारकर्मी कुमार श्रेष्ठ, साहिदा बानो, क्षितिजा जिएम, देबेन्द्र पौडेल, आशा परियार, भगतराम थारु, चन्द्रेश्वरराज त्रिपाठी, सावित्री गिरी सहभागि रहेका थिए भने आयोजक एनआईआरसीका फाउण्डरद्वय द्रोणा उप्रेती तथा सुदीप उप्रेतीद्वारा विषय उठान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology