मो.मोहसीन हल्वाई (समिर)
नेपालगन्ज १८ बैशाख- बाँकेमा बिहीवार धर्मगुरुहरुको स्वाव परिक्षण गरिएको छ । बाँके जिल्लाको नेपालगन्ज स्थित रहेको बागेश्वरी मन्दिरमा बाँकेका धर्मगुरुहरुको स्वाव परिक्षण गरिएको हो । बाँकेका हिन्दु, इसाई, शिष, बौद्ध, मुस्लिम लगायतका धर्मगुरुहरुको स्वाव परिक्षण गरिएको मुस्लिम आयोगद्वारा गठन गरिएको अनुगमन समितिका सदस्य मेराज हल्वाईले जानकारी गराउनुभयो ।
बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी सहित ४० जना विभिन्न समुदायका धर्मगुरुहरुको स्वाब लिइ स्वस्थ्य चेकजाँच गरिएको थियो । बिहीवार स्वाव परिक्षणको रिपोर्ट शुक्रवार विहान आउने मुस्लिम आयोग अनुगमन समितिका सदस्य हल्वाईले जानकारी गराउनुभयो ।

