काठमाण्डौ – अमेरिकामा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या एक लाख ६० हजार नाघेको छ । सङ्क्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ भने मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ रहेको बीबीसीको खबरमा उल्लेख छ ।
यसैबीच कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा एक महिनाको अन्तरालमा ३० लाख कम रोजगारी सिर्जना भएको छ । जुलाई महिनामा १८ लाख मात्रै नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए । उज्यालो अनलाइनबाट
