(Wednesday 28th of October 2026)
`

काठमाडौं उपत्यकामा संक्रमितको संख्या निरन्तर थपिदै, थप १५ जनामा संक्रमणको पुष्टि

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा हिजो मंगलबार मात्र एकै दिन ५३ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको पछिल्लो २४ घण्टामा १५ संक्रमित थपिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ७ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २ जना र भक्तपुरका १ जनामा संक्रमणको पुष्टि भएको छ ।

    यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमणको पुष्टि भएको छ भने शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पाइएको छ । उता स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमण देखिएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology