(Wednesday 28th of October 2026)
`

डुडुवामा १७ स्थानमा हेल्थ डेस्क स्थापना

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    डुडुवा ७ चैत्र
    बाँकेको डुडुवा गाउँपालिकाका १७ वटा स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न शुक्रबार हेल्थ डेस्क स्थापना गरिएको हो । भारतको उत्तर प्रदेशमा पनि कोरोना संक्रमित विरामी भेटिएकाले बाँके जिल्ला खुला सीमाका कारण जोखिम बढेको हो ।

    जोखिमलाई मध्यनजर गर्दै भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परिक्षण गर्ने गरी हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपालिकासंग जोडिएको हिरिमिनियाको उद्युमगन्ज पोस्ट, नयाँबस्ती पोस्ट र होलिया खडैचा छोटी भन्सार पोस्ट गरि ३ वटा स्थानमा विशेषगरि भारतीय नागरिकलाई लक्षित गरि हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो ।
    उहाँका अनुसार गाउँपालिकाका ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, १ वटा गाउँपालिका कार्यालय, र एक वटा हिरिमिनिया शसस्त्र बेस क्याम्पमा डेस्क स्थापना गरिएको हो ।
    गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्र चौधरी, वडाध्यक्ष गजेन्द्र कैराती, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, स्वास्थ्य शाखा उप संयोजक विरेन्द्र घलेको टोलीले आज शुक्रबार हेल्थ डेस्क स्थापना गरि अवस्था बारे अध्ययन गरेको छ । प्रत्येक हेल्थ डेस्कमा एक सिफ्टमा दुई जना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी परिचालन गरिएको छ । भारतबाट आउने नागरिकलाई लाक्षित गरि तीन वटा पोस्टमा विहान ६ बजेदेखि साँझ ६ सम्म र कार्यालयहरुमा सेवाग्राहीलाई लक्षित गरि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिइने छ । डेस्कमा टेबल, कुर्सी, व्यानर, हात धुने वास तथा साबुन, थर्मामिटर, बाल्टी, सचेतनामुलक ब्रोसर, प्रचा पम्पलेट, रजिस्टर, मास्क, ग्लब्स, र अत्यावश्यक औषधीको व्यवस्थापन गरिएको छ । डेस्कमा आउने सेवाग्राही तथा सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजकताका बारेमा जानकारी तथा परामर्श दिइने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology