(Wednesday 28th of October 2026)
`

कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण

  • सगरमाथा गन्तब्य
  • 10.8K
    SHARES
    ९ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् । सुर्खेतको पञ्चपुरी नगरपालिका दुईजना पुरुष, १८ महिने बालिका र १८ वर्षीय महिला रहेका छन् भने  एक महिला चिङ्गाड गाउँपालिकाकी महिला रहेकी छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ ।

    यस्तै, म‌ंगलबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ । मंगलबार नै कर्णालीका विभिनन् आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन् । मंगलबार डिस्चार्ज भएकासँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ । अनलाइनखबरबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology