(Wednesday 28th of October 2026)
`

महिला शसक्तिकरण र सुशासन अभिमुखीकरण

  • सगरमाथा गन्तब्य
  • 26.2K
    SHARES

    नेपालगन्ज ५, असार । नेपालगन्ज उपमहानगरपालिका ११ नंं वडाका महिलाहरुलाई शक्तिकरण र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । वडाका करिब तीन दर्जन भन्दा बढी महिलाहरुलाई शसक्तिकरण गरिएको हो । उनीहरुलाई लैगिंक हिंसा, महिला सशक्तिकरण, हिंसाविरुद्धको कानूनी प्रक्रिया, र सुशासनका आधारका बारेमा जानकारी गराइएको हो ।
    ११ नं. वडा कार्यालयको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको महिला सशक्तिकरण र सुशासनका विषयमा आयोजित अभिमुखीकरणका सहभागिहरु महिलामाथी हुने विभिन्न किसिमका हिंसा, अधिकार र समस्याका बारेमा आ आफनो जिज्ञासा राखेका थिए ।


    कार्यक्रममा अधिबक्ताद्धय सुनिल श्रेष्ठ र विश्वजित तिवारी, राकेश मिश्र, लक्ष्मी तिवारी र रविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । कोरोना भाइरसको संक्रमणका बेला सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको हो । कार्यक्रममा वडाध्यक्ष उज्जवलसिंह राठौर, वडा सदस्य मुबारक अलि, माया कानोजिय, रुवी लखेर, धु्रबकुमार कश्यप, वडा सचिव सविता तिवारी, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, लगायतले बोल्नु भएको थियो । कार्यक्रममा लक्षित वर्ग अन्र्तगत वडाका करिब ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology