(Monday 26th of October 2026)
`

अनेमसंघ बाँकेद्वारा सुत्केरी महिलाको निशुल्क उपचारको माग

  • सगरमाथा गन्तब्य
  • 4.3K
    SHARES

    असोज २ नेपालगन्ज – अखिल नेपाल महिला संघ बाँकेले सुत्केरी महिलाको राज्यद्धारा निःशुल्क उपचारको माग गरेको छ । केहि दिन अघिमात्र सुत्केरी महिलाले आर्थिक अभावमा अस्पतालको परिसर बाहिर बच्चा जन्माउनु परेको घटना प्रति अनेमसंघ बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ । पुन सुत्केरी महिलाले आर्थिक अभावमा अस्पतालको सेवाबाट बन्चित नगरीयोस भनि सरकारसंग निःशुल्क उपचारको माग गरेको छ ।
    बाँके प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रि कार्यालयमा पठाइएको ध्यानाकर्षणपत्रमा बाडिपीडित महिला बालबालिका ठूलो संख्यामा घरबारविहिन भएका कारण उनीहरुको पुनस्थापनामा तिब्रगतिमा काम गरोस, उनीहरुको स्वास्थ्यप्रति सचेत रहोस,कतिपय गर्भवति र सुत्केरी महिलालाइ प्राथमिकतामा राखेर व्यवस्थापन गरीयोस भन्ने माग राखेको छ ।
    अनेमसंघ बाँकेले आफ्ना सदस्यहरुसंग राहत रकम संकलन गरी अनेमसंघ केन्द्रमा पठाइसकेको र केन्द्रले ७७ वटै जिल्लाको राहत संकलन गरी एकमुष्ठ बाडिपीडित क्षेत्रमा पुगीसकेको अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले जानकारी गराउनु भयो । नेकपा एमाले केन्द्रिय सल्लाहकार तथा पुर्व केन्द्रिय सदस्य मा.दिपा शर्माले अनेमसंघ बाँकेले विगतमा पनि समसामयीक मुद्धा उठाउदै आएको र हाल सुत्केरी महिलाले सडकमा बच्चा जन्माएको घटनाप्रति ध्यानाकर्षण गराउदै यस्ता घटना अबका दिनमा नदोरीउन भन्ने पनि सरकारसंग माग रहेको प्रष्ट पार्नु भयो ।
    अनेमसंघ बाँकेका अध्यक्ष माया गौतमद्धारा हस्ताक्षरीत ध्यानाकषण पत्रमा भनिएको छ ।

    गत भदौं १०गते रसुवा नुवाकोट,धादिड.लगायत जिल्लामा आएको विनासकारी बाढीमा धेरै नेपालीको मृत्यु भएको र हजारौको संख्यामा बेपत्ता हुनु भएको यस दुखद घडीमा मृतकप्रति श्रद्धान्जली बेपत्ताको खोजी कार्य यथाशीघ्र होस र विस्थापितहरुको यथाशिग्र आवासको व्यवस्था गरीयोस भनि नेपाल सरकारसंग जोडदार माग गर्दर्छौ । यसरी ध्यानाकर्षणपत्र बुझाउन जानेहरुमा नेकपा एमाले केन्दिय सल्लाहकार दिपा शर्मा रुपाखेति,अनेमसंघ केन्द्रिय सदस्य बाँके इन्चार्ज अछरी पोखरेल,केन्द्रिय सदस्य सरस्वती मल्ल,प्रदेश सदस्य कला भुसाल,निर्वतमान जिल्ला अध्यक्ष मिना सुबेदी ढकाल, जिल्ला अध्यक्ष माया गौतम,जिल्ला सचिव रीना पौडेल,जिल्ला सदस्य विष्ना बस्नेत,युवा मिना कठायत लगायतको उपस्थिति रहेको थियो । ध्यानाकर्षण पत्र बुझ्रदै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाड.ले सुत्केरी महिलाको हेरचाह गर्नको निम्ति प्रत्येक वडामा कमिटि बनाएको बताउदै ध्यानकर्षणपत्र प्रधानमन्त्रि कार्यालयमा तुरुन्तै पठाउने बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology