(Wednesday 28th of October 2026)
`

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३२७ पुग्यो, एकैदिन थपिए ६६ जना

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । सोमबार साँझसम्म २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा २८३ पुरुष र ४४ महिला छन् । सोमबारमात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो ।

    हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणले दुईजनाको ज्यान गइसकेको छ । ५२ जनाले कोरोना जितेर घर फर्किएका छन् । मन्त्रालयका अनुसार संक्रमितमध्ये कैलालीका ९८, कञ्चनपुरका ६५, अछामका, १९, डडेल्धुराका ३९, दार्चुलाका १२ जना छन् ।  बझाङका १४, बैतडीका २७, डोटीका ३३ र बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आरडीटी र पीसीआर विधिबाट हालसम्म ८० हजार ३५९ जनाको परीक्षण गरिएको छ भने ११ हजार २९० जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । १२ खरीबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology