(Wednesday 28th of October 2026)
`

‘कोरोना कार्तिकसम्म समाप्त हुन सक्छ : प्रधानमन्त्री ओली

  • सगरमाथा गन्तब्य
  • 10.8K
    SHARES

    काठमाडाैँ, २८ जेठ । नेपालमा कोरोनाभाइरसकाे संक्रमण लगभग साउनको अन्तिमतिर फिक्का हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ । संघीय संसदमा सम्बाेधन गर्ने क्रममा बुधबार प्रम ओलीले साउनदेखि कम हुँदै गएर कार्तिकमा समाप्त हुने जस्तो सम्भावना रहेकाे बताउनुभयाे । ‘तर त्यस्तो नहुन पनि सक्छ । दशैँ-तिहारजस्ता चाडहरु आउनेछन्, जहाँ मानिसहरु विदेशबाट आउछन्,’ उहाँले भन्नुभयाे, ‘अब त्यसबाट संक्रमण फेरि फैलन सक्छ । फेरि बढ्न सक्छ । अझै अलिकति लम्बिन पनि सक्छ । यी सम्भावनाहरू पनि हाम्रा अगाडि छन् ।’

    विदेशबाट लाखौँको संख्यामा युवाहरू फर्किने पनि उहाँले बताउनुभयाे । ‘हामी वर्षदिनमा रोजगारीका अवसरहरु जति सिर्जना गर्न सक्थ्यौँ, जति हाम्रो समार्थ्य थियो, त्यो हाम्रो सामर्थ्यले अबको समस्याको समाधान गर्न सकिँदैन,’ उहाँले भन्नुभयाे, ‘त्यसकारण हामीले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमार्फत हाम्रा युवाहरुलाई कृषि क्षेत्रतर्फ आर्कषित गर्ने । त्यसतर्फ लिएर जाने ती कामहरु गर्नुपर्छ ।’

    त्यसैगरी ठूला उद्योगहरु पनि स्थापना तथा सञ्चालन गर्नु जरूरी रहेकाे उहाँकाे भनाइ छ । तर त्यो भन्दा बढी ससाना उद्योगहरु, कृषि आधारित उद्योगहरु, प्याकिङ कारखानाहरु, अरु प्रकारका कारखानाहरु घेरेलु, मझाैला त्यस्ता उद्योगहरुका लागि सीप प्रदान गर्ने काम पनि गर्नुपर्ने प्रधानमन्त्रीले बतायनुभयाे । ‘एकैचोटि सबै कामहरु हाम्रा अगाडि आइपरेको छ । यो सोचे जस्तो सजिलो र सोचेजति गतिको साथ हुन सहज छैन,’ उहाँले भन्नुभयाे, ‘हामीले तालिम पनि दिनु छ । सुरु गर्नको लागि पुँजी पनि दिनु छ । अवसर पनि उपलब्ध गराउनु छ । त्यसैले हामीले भूमि बैंक स्थापनाजस्ता अनेकौं कामहरु गरिरहका छौँ ।’ न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology