(Wednesday 28th of October 2026)
`

अमेरिकामा कोरोना संक्रमित संख्या २० लाख नाघ्यो

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    काठमाडाैँ, २६ जेठ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या २० लाख नाघेकाे छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार बिहानसम्म कुल संक्रमित संख्या २० लाख ७ हजार ४४९ पुगेकाे छ । अाइतबार एकै दिन मात्र त्यहाँ १८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएकाे छ । याे अघिल्ला दिनहरूकाे तुलनामा कमै हाे ।

    अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस कमजाेर हुँदै गएकाे देखिएकाे छ । त्यहाँ संक्रमितहरू निकाे हुने दर बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा ७ लाख ६१ हजार ७०८ जना पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ १० हजार मानिस निकाे भएका छन् । यद्यपि अझै ११ लाख ३३ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

    तर अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख १२ हजार ४६९ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । अाइतबार त्यहा ३७३ जनाकाे मृत्यु भएकाे छ । याे संख्या अमेरिकामा काेराेनाका कारण दैनिक मृत्यु हुनेमा गत मार्च २७ यताकै कम हाे । मृत्युदर घट्नु र निकाे हुने दर बढ्नुले त्यहाँ भाइरस कमजाेर भइरहेकाे जनाउँछ ।

    उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । ब्राजिलमा पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् । तर आइतबार भने त्यहाँ संक्रमित संख्या अघिल्ला दिनहरूकाे तुलनामा कम देखिएकाे छ ।

    ब्राजिलमा आइतबार एकै दिन १८ हजार ३७५ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण त्यहाँ आइतबार ५४२ जनाकाे मृत्यु भएकाे छ । याे अघिल्ला दिनहरूकाे तुलनामा कम हाे । शनिबार त्यहाँ ९१० काे ज्यान गएकाे थियाे भने २७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । अहिलेसम्म ब्राजिलमा काेराेनाका कारण कुल ३६ हजार ४९९ जनाले ज्यान गुमाइसकेका छन् । तर त्यहाँ निकाे हुने दर पनि बढी छ । ब्राजिलमा हाल काेराेना संक्रमित संख्या ७ लाख ९१ हजार नाघेकाे छ भने निकाे हुनेकाे संख्या ३ लाख २ हजार नाघेकाे छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology