जनकपुरधाम, १८ जेठ । प्रदेश- २ मा आइतवार पुन ६० जना कोरोना भाइरस पोजेटिभ भेटिएका छन् । आइतवार विहान आएको रिपोर्टमा थप ६० जना व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । जसअनुसार रौतहटमा २९ जना, धनुषामा २१ जना, सर्लाहीमा १० जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटमा संक्रमति भएकाहरुमध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना छन् ।
त्यसैगरी धनुषामा संक्रमति भएकाहरुमध्ये मुखियापट्टि मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका छन् ।
