काठमाडौं । काठमाण्डौंमा आइतवार प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले बिहान ११ बजेदेखि सुरु भएको यस बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय भएको जनाईएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । केही समयपछि संविधान संशोधन प्रस्ताव पेश समेत हुने श्रोतले जनाएको छ ।
