मो.सलीम हल्वाई, नेपालगन्ज –आज भन्दा करिब १४३८ वर्ष अगाडि अर्थात सन २ हिजरी को १० औ महिना सवालमा रमजानको शुभारम्भ भएको हो । अब यस हजारौं बर्षमा परिस्थिति एक समान नहूने हूनाले ईतिहास अनूसार यस संसारमा शताब्दी पिच्छे कूनै न कूनै रूप अथवा बहानामा कहिले महामारीको रूप त कहिले प्रकृतिक बिपतको रूपमा त कहिले फरक फरक रूपमा संसार भरिनै संक्रमणकाल आएकै हो र केही समय पश्चात् हूने नोक्सान (चाहे त्यो मानविय क्षतिको रुपमा होस या अन्य कूनै रूपमा) भइकन संसार यथावत् रहि सुचारू भएकै हो । इस्लाम अनूसार कयामत नआउन्जेल अर्थात ससार रहे सम्म यस्ता विपत्ति आउँदै गर्दा आफू र अरूलाई बचउने सिद्धान्त अनुरुप यस परिस्थितीमा गरिने धार्मिक कार्य शैली पनि फरक हून जान्छ । अहिलेको यस परिस्थितीमा जहाँ कोरोना भाइरस (कोभिड १९) ले गर्दा संसारनै उथल पूथल भइसकेको अवस्थामा, लाखौं मानिसले ज्यान गुमाएको अवस्थामा र लाखौं लाख मानिसमा अझै पनि सक्रमण भएको अवस्थामा हरेक मानवजातिलाई गम्भीर हून जरूरी छ ।
हाम्रो प्यारो देशमा पनि यस संक्रमणले आफ्नो ठाउँ बनाउन सफल रहयो,जस अनुसार यो लेख तयार पार्दा सम्म लगभग चारसयको हाराहारीमा यो भाइरस पुष्टी भएको अवस्थामा, यसैबीच मुस्लिम समुदायको महान पर्व रमजान शूरू हुनू हामी माँझ पहिले देखि नै लकडाउनको कारणले देशै ठप्प हूनू अवश्य नै मूस्लिम समूदायलाई गम्भिर बनाएकै हो, र यस समूदायले आफ्नो धार्मिक कार्यशैली पनि यहि अनुरूप गर्न बाध्य बनायो, मूस्लिम समूदायले लकडाउनको मर्म र भावना अनुरुप आफ्ना धार्मिक कार्यशैली (नमाज, रोजा) शूरू गरेको यथार्थ सँगै कोरोना भाइरसले जोलाई पनि आफ्नो शिकार बनाउन सक्ने र मान्छेबाट मान्छेमा सर्ने भएकोले (हालको अवस्थामा संसार भरिका धार्मिक स्थल बन्द भएको अवस्थामा) मानिस मानिसको दूरीले गर्दा रमजानको सम्पूर्ण नमाज तथा विशेष नमाज पनि आ आफ्नो छुट्टा छुट्टै पढन बाध्य बनायो जस अनुसार लगभग २४ रमजान भइसक्दा पनि नेपाली मूस्लिमहरूले यही अनुरूप गरेको सर्वदिवदितै छ । रमजान भरी पर्ने शुक्रबार कहिले चार त कहिले पाँच पर्ने भएकोले रमजानको अन्तिम शुक्रबारलाई “अलविदा“ भनिन्छ र यसलाई रमजानको बिदाइको रूपमा पनि लिइन्छ, यस शुक्रबार मुस्लिम समुदायले हर्षोल्लासका साथ रमजान भरि गरेको धार्मिक कार्यको आफैमा समिक्षा गरि आखाबाट दूइथोपा आँसु निकाली अल्लाह समक्ष दूआ (प्राथना) गर्दै अलविदा अलविदा भनि रमजानको बिदाइको तथा ईदको आगमनको तयारीमा जुट्छन् ।
रमजानको अन्तिम दश दिनको रमझम त बैग्लै नै हूने हूनाले अहिलेको परिस्थितिले गर्दा समग्र रमजानको रमझम सुनसान हून पूगेको छ । अहिलेको यस परिस्थितीमा जहाँ समूदाय भित्रको गरिबी रेखाले आफै पूरा समूदायलाई पिरोलेको अवस्थालाई नकार्न नसक्ने तथा हरेक जोहोको परेशानीको बावजूद रोजा बसि आफनो मातृभूमिको लागि अल्लाह सगं प्राथना गरि दिन काटि रहेको अवस्थाले त झनै यो सबै रौनक र रमझमलाई नै शान्तिमय बनाएको छ । यस बिषम परिस्थिति तथा लकडाउनमा अलविदा र ईदको नमाज अरू नमाज झैँ घरमा कसरी पढने भन्ने बिषममा धार्मिक गूरहरूको बिशेष पहल जारी रहँदा यी अनेकौं परिस्थितिलाई कसरी सहजीकरण गरि रमजानलाई पूर्णतः दिन सम्पूर्ण समूदाय नै अग्रसर देखिएको छ ।
रमजान अलविदा अन्तिम शुक्रबार लगत्तै शूरू हूने ईदको हर्षोल्लास पनि अहिले शून्य झैँ भएको अवस्था रहेको छ । संसार भरिनै यस सक्रमणको चपेटमा आइरहँदा हाम्रो प्यारो राष्ट्रमा पनि कहि कतै यसले विनाशकारी रूप नलियोस भनि पूरै रमजानको नमाजहरूमा अल्लाह करीमसगं दूआ (प्राथना) गरि रहंदा बिस्तारै फैलिएरहेको सक्रमणले सबै जनमानसलाई चिन्तित र त्रासमय बनाएको अवस्थामा ईदको रमझम र हर्षोल्लासलाई किनारा गरि, शान्ति, सम्रिद्धि र मानवताको प्रतिक रहेको ईदूलफितर समेत सादा तरिकाले थोरै भएनि घरभित्र मनाइ यस सक्रमण र कोरोना भाइरसलाई परास्त गर्ने तिर मूस्लिम समूदाय अग्रसर रहेको छ । लकडाउनको पालना गरौ आँफू सुरक्षित रहौ अरूलाई सुरक्षित राखौ।अल्लाह करीमले हामी सबै को रक्षा गरून्।हाम्रो प्यारो देशमा शूख, शान्ति, सम्रिद्धि छाइराखोस । मो.सलीम हलवाई (बाबू नेता) समाज सेवी, नेपालगन्ज
