(Friday 11th of September 2026)
`

२१औं शताब्दीमा देखिएको राष्ट्रियबाद

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    विनोद थारु :  नेपालगन्ज – एक्काइसौं शताब्दीको संघारमा बिश्वब्यापी यस पटक फेरि राष्ट्रियता र राष्ट्रवादको लहर संसार भरि फैलिन थालियो। छिमेकी मुलुक भारतमा हिन्दू राष्ट्रवादी भनिने नरेन्द्र मोदी लगातार तेस्रोपटक सत्तामा आए। सन २०१५ देखि आजसम्म रुसमा भ्लादिमिर पुटिनले रसियन मूलका जनताको बचाउ गर्ने भन्दै युक्रेनमाथि धावा बोलेकै बोले छन् । सन् २०१६ मा बेलायतले युरोपेली संघबाट बाहिरिने पक्षमा मतदान गर्‍यो। राष्ट्रवादको यो लहरमा २०१६ मा अमेरिकाले डोनाल्ड ट्रम्पलाई पहिलो पटक राष्ट्रपति चुन्यो। ‘अमेरिका पहिलो’ अभियान चलाएका ट्रम्पले टेक्सासको सभामा आफू राष्ट्रवादी हुँ भन्ने घोषणा मात्र गरेनन्, सो को आवरणमा मेक्सिको सीमामा पर्खाल लगाउने लगायत धेरै विवादास्पद निर्णय गरेका थिए । डोनाल्ड ट्रम्प पुनः दोस्रो इनिङको लागि सन् २०२० असफल भए पनि पुनः डोनाल्ड ट्रम्प सन् २०२५ को राष्ट्रियपतिको चुनावी दौडमा राष्ट्रियबादीको नारा लिएर सफल भए र यही नाराले नेपाल लगायत अबिकाशित मुलुकलाई भारी भयो। यो लहरमा अहिले फेरि युरोपेली देशदेखि एशियाली मुलुक नेपाल, बंगलादेश हुदै अस्ट्रेलिया पनि अछुतो रहेन। पछिल्ला चुनावहरुमा अनुदारवादीहरुले राष्ट्रियताको हौवा पिट्दै चुनाव जिते। हाम्रै देशमा अहिले अमेरिकी राष्ट्रियपतिको राष्ट्रियबादी वक्तव्यले नेपाललाई २०७२ सालको भूकम्प र नाकाबन्दीपछि एक राष्ट्रवादीका रूपमा चित्रित गर्दै आएका खोक्रो राष्ट्रियबादको टेकोमा आएको नौटंकी बाजहरु देखियो । जय नेपाल । विनोद थारु नेपाली काँग्रेस बाँकेका सहसचिव हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology