(Wednesday 28th of October 2026)
`

आइसोलेसनमा एक युवकको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 9.1K
    SHARES

    लिवाङ । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology