(Wednesday 28th of October 2026)
`

लकडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    काठमाडौं, ५ जेठ । सरकारले लकडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड १९ को जोखिम झनै बढेको निष्कर्ष निकाल्दै लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।

    गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो । तर लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्नु र संक्रमितको मृत्युसम्मको घटना हुनुले यस्लाई अझ कडा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ । यसैगरी बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर बनाइएको नयाँ नेपालको नक्साको बारेमा पनि छलफल भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology