(Saturday 25th of July 2026)
`

सूर्य ढकालको पहलमा कोहलपुर–१२ चप्परगौडीमा निर्माणाधीन जैविक पार्क !

  • सगरमाथा गन्तब्य
  • 2.6K
    SHARES

    कोहलपुर : बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२, चप्परगौडीमा जैविक पार्क निर्माण कार्य अगाडि बढिरहेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकालको पहलमा सुरु गरिएको उक्त परियोजनाले स्थानीय तहमा वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
    केन्द्रीय सांसद रहँदै उनले यस क्षेत्रमा जैविक पार्क निर्माणका लागि विशेष पहल गरेका थिए । हाल पार्कको मुख्य प्रवेशद्वार (गेट) निर्माण सम्पन्न भइसकेको छ भने पार्क वरिपरि तारबारसमेत गरिएको छ । अन्य संरचनागत कार्यहरू पनि चरणबद्ध रूपमा अघि बढाइँदैछ ।
    निर्माणाधीन जैविक पार्कले स्थानीय बासिन्दालाई स्वच्छ र हरियाली वातावरणमा समय बिताउने अवसर प्रदान गर्नेछ । बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि घुमफिर तथा विश्राम स्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै पार्क क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण, पदमार्ग निर्माण तथा आवश्यक पूर्वाधार व्यवस्थापन गर्ने योजना रहेको जनाइएको छ ।
    स्थानीयवासीहरूले यस पहललाई सकारात्मक रूपमा लिँदै जैविक पार्क निर्माणले आन्तरिक पर्यटन प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम तथा रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology