(Wednesday 28th of October 2026)
`

लगातार नेगेटिभ नतिजा मात्र दिने जनकपुरकाे पीसीआर ल्याब बन्द, डाक्टरमाथि पनि शंका

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES
    • घनश्याम मिश्र

    जनकपुरधाम, १७ वैशाख । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम स्थित प्रदेशिक अस्पतालमा कोरोना भाइरस परीक्षणको लागि जडान गरिएको पीसीआर ल्याब मंगलबारदेखि बन्द गरिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालकाे ल्याबमा परीक्षण गरिएका स्वाबको रिपोर्टले निगेटिभ देखाउँदै आएको तर सोही व्यक्तिको रिपोर्ट टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएपछि परीक्षण माथि होइन, अस्पताल र स्वाब परीक्षणमा संलग्न डाक्टरकाे टीममाथि समेत प्रश्न चिन्ह उठेको हो । गत २१ चैतदेखि पीसीआर मेसिन जडान भएर थ्रोट स्वाब परीक्षण शुरु भएको प्रादेशिक अस्पताल जनकपुरको पछिलो समय तीनजना व्यक्तिको रिपोर्ट नै फरक देखिएको छ ।

    जनकपुरमा भएको परीक्षणमा स्वाब रिपोर्ट नेगेटिभ देखाएकाे तर उनै व्यक्तिहरूको काठमाडाैँ टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा भने कोरोना पोजेटिभ रिपोर्ट आएपछि यति बेला जनकपुरमा परीक्षण कार्य स्थगित गरिएको सामाजिक विकाष मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले न्यूज २४ लाई जानकारी दिए । सचिव घिमिरेका अनुसार रिपोर्ट नै फरक आएपछि मंगलबार परीक्षण रोकिएको थियाे । तर बुधबार (आज) नयाँ पीसीआर काठमाण्डाैँबाट मगाइने र भोली (विहीबार) देखि नै फेरि परीक्षणलाई तीव्रता दिने स्पस्ट पारेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयकाअनुसार अहिलेसम्म प्रादेशिक अस्पतालमा १०२ वटा स्वाब परीक्षण भएको छ र सबैको रिपोर्ट नेगेटिभ मात्र आएको छ ।

    जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीको क्वारेन्टाइनमा रहेका १४ वर्षीय किशोर घर फर्किएका थिए। त्यसको केही दिनमै टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा त्यही किशोरको रिपोर्टे पोजेटिभ आयो । रौतहटका अन्य दुई पुरुषको पनि जनकपुरमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । क्वारेन्टाइनमा बसेका उनीहरु घर फर्किए । त्यसको १० दिनपछि टेकुमा गरिएको परीक्षणमा दुबैमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । एकपछि अर्को रिपोर्ट फेल खाएपछि जनकपुरमा स्थापना गरिएको ल्याबमाथि नै प्रश्न उठेको छ । यही नेगेटिभ मात्र देखिएकामध्ये तीन जनाको टेकुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि यो पीसीआर मेसिनबाट परीक्षण नै बन्द गरिएको हाे । तत्कालका लागि परीक्षण स्थगन गरिएको हो । पाँच दिन यता संकलन गरिएका थ्रोट स्वाबको नमुनाहरु परीक्षणका लागि टेकु नै पठाइने गरिएको छ । साथै यो मेसिन फिर्ता गरेर अर्काे ल्याउने प्रक्रिया थालिएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology