(Wednesday 28th of October 2026)
`

कोरोना भाइरसका कारण पञ्जाब प्रहरीका एसिपीको निधन

  • सगरमाथा गन्तब्य
  • 9.2K
    SHARES

    एजेन्सी, ७ वैशाख । कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसिपीको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लुधियानाका एसिपी अनिल कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ५२ वर्षीय एसिपी कोहली अप्रिल ६ मा अस्पताल भर्ना भएका थिए । उनलाई लुधियानानको एसपिएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो । तर त्यो भन्दा अघि नै कोरोना भाइरसका कारण उनको निधन भएको दैनिक भास्करले जनाएकाे छ । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसिपी कोहलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोहलीकाे परिवारलाई भारू ५० लाख दिने निर्णय पनि मुख्यमन्त्री अमरिन्दर सिंहले गरेका छन् । यसअघि प्रहरी कनिगो गुर्मेलकाे पनि काेराेनाका कारण मृत्यु भएकाे थियाे । उनकाे परिवारलाई भारू ५० लाख दिने मुख्यमन्त्री सिंहले निर्णय गरेका छन् । काेराेना राेकथाम तथा नियन्त्रणका लागि खटिने अधिकारी वा कर्मचारीलाई संक्रमण भएर मृत्यु भयाे भने उसको परिवारले ५० लाख क्षतिपूर्ति पाउनेछ । परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका अरु व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने भन्दै परीक्षण गरिएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १५ हजार ७२२ पुगेको छ भने मृत्यु हुनेकाे संख्या ५२१ पुगेकाे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology