(Wednesday 28th of October 2026)
`

अब अमेरिका छिटै खुल्नेछ : डोनाल्ड ट्रम्प

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    काठमाडौं ४ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुनः खुलाउन थाल्ने बताएका छन् ।

    राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग छलफल भइरहेको जनाएका छन् । छलफल टुंगिएपछि बिहीबार यसबारे घोषणा हुने उनको भनाइ छ । ‘हामी फेरि फर्किन चाहन्छौं,’ उनले भनेका छन्, ‘हामी चाहन्छौं कि हाम्रो देश फेरि फर्कियोस् ।’ अमेरिकामा अहिलेसम्म ६ लाख ३५ हजार जनामा कोरोना भाइरस संक्रमण भइसकेको छ भने २८ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

    ‘यो तथ्यांकले देशब्यापी रुपमा हामी उत्कर्षमा पुगेको संकेत दिन्छ’ ट्रम्पले भनेका छन् । ट्रम्पले ३३ लाख जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिसकिएको जानकारी गराएका छन् । ‘यसले हामीलाई अमेरिका फेरि खुला गर्ने रणनीति बनाउन बलियो अवस्थामा पुर्‍‍याएको छ,’ उनले भनेका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले आउँदो मे महिनाको एक तारेखबाट अमेरिका खुला गर्ने विषयमा तयारी गरिरहेको छ । तर ट्रम्पले कुनै कुनै राज्य त्यसअघि नै खुला गर्न सकिने बताएका छन् । ‘मलाई लाग्छ, त्यो समय धेरै उत्साहजनक हुनेछ,’ उनले भनेका छन् । अनलाइनखवरबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology