(Wednesday 28th of October 2026)
`

राष्ट्रिय युवा क्लब संजालको मनोसामाजिक परामर्श अनलाइन कार्यक्रमको तयारी पुरा

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    काठमाण्डौं २९, चैत
    राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको संघीय युवाक्लब सञ्जाल तथा गण्डकी प्रदेश युवाक्लब सञ्जालको आयोजना तथा व्यवस्थापनमा लकडाउनको अवधिमा युवाहरुलाई मानसिक रुपमा कसरी स्वस्थ रहने भन्ने विषयमा मनोपरामर्शविद् बासु आचार्यको सहयोगमा निशुल्क अनलाइन परामर्श सेवा कार्यक्रम भोलि सञ्चालन हुँदैछ । देशभरवाट करिव ८० जना युवा उक्त कार्यक्रममा सहभागी हुदैछन् । उक्त कार्यक्रममा सहभागी हुन चाहने युवाहरुलाई अनलाइन आवेदन फारम मार्फत छनोट गरिएको कार्यक्रम संयोजक रोजिना आचार्यले जनकारी दिनुभयो । युवा क्लब सन्जालले विश्व महाँमारीको रुपमा फैलिएको कोरोना संक्रमणवाट जोगाउन सचेतना मुलक कार्यक्रम, माक्स, सेनेटाइजर निर्माण तथा वितरण, स्थानीय प्रदेश एंव संघिय तहका सरकारहरुसंग रहि विदेशवाट आएका व्यक्तिको पहिचान र क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्न तिनै तहका संजालहरु सक्रिय रुपमा लागि परेका थिए, प्रदेश नं. २ युवा क्लब संजालको व्यवस्थापनमा श्रमजीवीहरुका लागि खाद्यान्न वितरण कार्यक्रम , भरतपुर महानगर युवा क्लब संजालवाट स्वयंसेवक तथा तयार , सम्मुर्ण युवा क्लव संजालमा आबद्ध युवाहरुमा कोरोना बिरुद्धको अभियानमा आफ्नो ठाउँवाट सहयोग गर्न निर्देशन गर्नुका साथै अनलाइनका मार्फत विभिन्न युवालाई सचेतना मुलक एवम् रचनात्मक कार्यक्रम संचालन गर्दै आएको संन्जालका अध्यक्ष विबेक त्रिपाठीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology