भीम बहादुर शाही (अशोक) – गरिब नभए धनिको नाम आउदैन । गरिबकै पसिनाले धनिहरु धनि बनेका हुन् । धनि बन्नको लागी आफ्ना वरिपरीका गरिबको सहारा नलिई धनिको कारोबार कहिले पनि चल्दैन । सबै भन्दा तल्लो तह गाउँमा बसोवास गर्ने साधारण ज्याला मजदुरी गरि गुजरा गरि खानेका लागी पनि आफु भन्दा केही ठुलो, ठुला जमिन्दार मानिने व्यक्तिकै पछि लागेर उसले लगाएर आएको काम गरेर मात्र दिनभरीको ज्याला , खाना, माना, पाथि, अन्न , लगत उसको इच्क्षा अनुसार निगाहवाट पाएको चिजबाटै गरिब मजदुरहरुले गुजारा गरेर आफ्नो जीवन निर्वाह गरेको हुन्छन् ।
ठुला शक्तिसाली भनिएका राष्ट्रहरुले साना गरिब राष्ट्रहरुलाई बिभिन्न किसीमको प्रलोभनमा पारेर आफ्ना कुरा मान्य बाध्य बनाइ रहेका हुन्छन् । उसको देशमा भएका बहुमुल्य बस्तु भुमी समेत आफ्नो कब्जामा लिइ राख्ने निती अवलम्वन गरि रहेका हुन्छन् । पहिलो, दोस्रो बिश्वयुद्ध सम्पन्न भैसक्दा पनि बिश्वका शक्तिसाली राष्ट्रका बिद्धानहरु बरिष्ठ राजनितीज्ञहरु समेतलाइ बिश्व सबैको साझा हो । सबैले सामान अधिकार पाउन पर्छ । बिश्वमा शान्ति छाउन पर्छ भन्ने कुराको ज्ञान समेत नहुनु ठुलो दुःख लाग्दो कुरा हो । माक्श, माक्र्स लेनिन जस्ता चर्चित राजनितिज्ञ दार्सनीकहरुका प्रतिपादीत सिद्धान्तहरुको वेवास्ता गरेर आज आ आफ्ना मनगढन्ते सिद्धान्त वनाएर मै खाउ मै लाउ म मात्रै ठुलो शक्तिसाली बनेर बिश्व हल्लाउने सक्ने शक्ति शाक्ति हुन सकु भन्ने मुर्ख स्वभाबको बिकास गरेर आज बिश्वभरी आतंक मचाइ रहेका छन ।
पशुपंक्षी सरी पनि ज्ञान नभएका मुर्ख बर्तमान बिश्वका शक्तिशाली मानीएका अमेरीका, रुस, चिन, भारत ,जापान, फ्रान्स, बेलायत, अस्ट्रेलीया जस्ता राष्ट्रहरुलाई हाक्ने बेकुफ राष्ट्रप्रमुखहरुका कारण आज बिश्वभरी अशान्ति फैलिएको कुरा सर्बविदितै छ । यिनी सबै बेकुफहरुले बिश्वका मानब जातिलाई कसरी सुखी समृद्धी बनाउने कसरी सबै देशहरुमा शान्ती छाउने भन्नेकुराको ध्यान नदीइ बिश्वलाई कसरी ध्वस्त बनाउने आफना देशमा एटमबम, नाइट्रोजनबम जस्ता क्षेप्पास्त्र हतियार बनाउने कुरामात्र दिमागमा सोची रहेका छन् । यस्ता बम क्षेप्पास्त्र बनाउने रकमले बिश्वभरका मानिसहरुलाइ खान वस्नको सुबिधा उपलब्ध गराउन सके सारा बिश्वमा शान्ती छाउने थियो ।
आफुमात्र शक्तिशाली बन्ने दुष्प्रयास भएका मुर्ख राष्ट्र प्रमुख भएका शक्तिशाली राष्ट्रका जनताहरुले पनि यिनीहरुलकै कुरा मानेर आफुलाइ आफै ध्वस्त बनाइ रहेका छन् । अब यस्ता मुर्ख अदुरदर्सी स्वार्थी राष्ट्र प्रमुखहरुलाइ त्यहीका बृद्धीजिबी जनताले सैनिक सबैले यिनीहरुलाई गोली ठोकेर मार्नेमा सत्ताबाट हराएर राष्ट्रिय बन्दीगृहमा बन्दी बनाएर राख्ने र सबै शक्तिशाली राष्ट्रका जनताहरु मिलेर आ आफना बिश्व बिनासकारी हतियार बम क्षेप्पास्त्र जे जति छन् सबैलाइ संयुक्त रुपमा सबैका सामु बिनास गर्ने सहमति जुराएर बिश्वलाई शान्ती क्षेत्र बनाउने प्रयास गर्न पनि सकिन्छ । आफु शक्तिसाली बन्नको लागी आफुभन्दा साना गरिब राष्ट्रलाइ अघि लगाएर लडाइमा धकेल्ने र आफ्ना हातहतियार बिक्री गरेर आफु धनी बन्ने दुष्प्रयासमा लागेका मुर्ख पशु भन्दा निच राष्ट्र प्रमुखहरुलाई अविलम्ब पदच्पुन गरेर घातक हतियार बम क्षेप्पास्त्र बनाउने कारखाना बन्द गर्न जरुरी छ ।
न रुस, न अमेरीका, न चिन, न भारत सबै भु भागमा बस्ने सबै मानव जातीहरु शान्तीसंग सुख संग बाच्न चाहान्छन । त्यहाँ जनताहरुलाइ कुनै पनि भु भागको आवश्यक्ता छैन । खान बस्न शान्तीसंग पाउन पर्छ । त्यसपछि मात्र देशको आवश्यक पर्छ । बिश्वको सबै भु भागमा समुन्द्र सबै मानवको बराबरहक अधिकार हुन पर्छ । रुस, अमेरीका, चीन, भारत जे भनेपनि सबैको हक अधिकार एउटै हो । त्यस्ता शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुख पनि त्यो देशका गरिब जनताहरुलाई शोषण गरेर आफु सत्तामा पुगेर आकुत सम्पत्ती कमाएर नै सत्ताका प्रमुख हुन् पुगेका हुन ।
गरिब व्यक्ति कुनै पनि राष्ट्रको प्रमुख हुन अहिले सम्म सकेको छैनन । गरिबहरुलाइ बिभिन्न बहाना बनाएर उनिहरुको शोषण गरेर नै सत्ता हात पारेर आफु मात्र शक्ति शाली सधै भरी मै रहने दुष्प्रयास गरिरहेका हुन्छन् । पहिलो र दोस्रो बिश्वयुद्ध पछि कुन देशका को कति गरिबले सत्तामा बसेर रमाउन पाएका छन् । एकपटक बिश्वका गरिब मजदुरहरुलाई छातीमा हात राखेर सोच्ने बेला अव आएको छ । एउटा सानो राष्ट्र यूक्रेनमा गोला बारुद बम बर्षाएर के सबै बिश्वका गरिबहरुले सत्तामा जान पाउनेहुन र । शक्तिशाली राष्ट्रहरुले शक्ति प्राप्तीका लागी अरबौ रुपैया खर्च गरेर बनाएका बम क्षेप्पास्त्रहरुको बिक्री बितरण गर्न र आफु ठुलो शक्ति शाली राष्ट्र कहलाउने दुष्प्रयास मात्र गरि रहेका छन ।
यसलाइ तेश्रो महान बिश्वयुद्धको नाम दिएर साना गरिब राष्ट्रहरुलाइ लड्न अगाडी लगाएर आफु पछाडी लागेर आफुलाई आफै धनि र शक्ति शाली भनेर स्वघोषित राष्ट्र बन्ने उपाय सोची रहेका छन । अव बिश्व भरिका गरिब निमुखा जनताहरु एक भएर आ आफ्ना देश भित्रका यस्ता दुष्छहरुलाई मारेर सम्पुर्ण बिश्वलाई एउटै ध्रबमा ल्याएर पृथ्वीको सम्पुर्ण सम्पति सबैको साझा हो भन्ने स्वाभाबको बिकास गर्नुपर्छ । र सम्पुर्ण बिश्वमा पशुपंक्षी झै स्वतन्त्र हिसाबले बिना पासपोर्ट आवतजावत गर्न पाउनु पर्छ । खनिज पदार्थ, समुन्द्र अन्य धातु, हिरा, मोती ,ग्यास सबैले प्रयोग गर्न पाउनुपर्छ । दुइ चार जना धुब्र मुर्खहरुलाई मात्र साँघुरो राष्ट्रको सिमाना भित्र शक्ति शाली बनाएर सत्तामा रमाउने र सधै बिश्वमा अशान्ती फैलाउने ब्यक्तिलाई तुरुन्त सत्ताबाट हटाउनु पर्छ । तेश्रो बिश्वयुद्धको सबैले बहिष्कार र बिरोध गर्नुपर्छ । गरिबलाइ अगाडी लगाएर धनीको व्यापार बढाउने काम गर्न हुदैन । बिश्व सबैको साझा हो । पृथ्वीमा भएको सम्पती सबैले साझा रुपमा प्रयोग गर्न पाउनुपर्छ । बिश्व भरी मानब स्वतन्त्र रुपले हिड्न पाउनु पर्छ ।
